सन्तानको खुशी र सुख आमाका लागि सबैभन्दा ठुलो कुरा हो । हर आमाको रहर हुन्छ आफ्ना सन्तानहरु सधै आफ्नै काख र साथमा होउन । तर जीवन सोचे जस्तो कहाँ हुन्छ र < नेपालीको बाध्यता घरदेशमा रोजिरोटी नहुँदा र साहुको बोझिलो ऋणको भारी विसाउने ठाउँ नपाउँदा जन्म दिने आमा र जीवन सँगीनीको काखलाई जवरजस्ती छोडेर सपनाको भारी बोकेर परदेशको बाटो लाग्नु पर्ने बाध्यताको शिकार बनेका छन् धेरै नेपाली युवाहरु । आमाको चाउरिएको अनुहारमा खुशी ल्याउन र कलकलाउदो जोवान दिएकी जीवन संगीनीका सपना पुरा गर्न पैसा कमाई छिट्टै घर फर्कने वाँचा गरि प्रदेशिएको त्यो परदेशीको सकुसल सास होईन लास घरदेशमा आउदा सानो सपनाको घर गल्र्याम्म गुर्लुम ढल्छ । यता कलकलाँउँदो जोवान पुरै बाँकी भएकी सुन्दर चेलीको भविष्य अन्धकार हुन्छ भने आमाका लागि कोखीको घाउ बनेर जिन्दगीभर दुखिरहन्छ .. यस्तै परदेशीको छोरा र आमाको वियोगान्त कथामा आधारित गीत हो “मेरी आमा”…. नेपाली जन जीवन र वास्तविक कथालाई विषयबस्तु बनाएर लोक जीवनका भोगाईमा आधारित यो मार्मिक गीत र लय शर्मिला बोगटीले सिर्जना गर्नु भएको हो भने यसमा तुलशी पराजुलीको मीठो स्वर रहेको यो गीतमा जुन क्षेत्री सर्मिला बोगटी कृष्ण खड्का नबराज बोगटी आकृति बोगटी अनि पेमा लामाले अभिनय गर्नु भएको छ ।तेस्तै गरि क्यामेरामा प्रकाश टन्डन एरेन्ज सागर बिरहिको रहेको छ भने मिक्सिङ मा कुमार राना रेकडिस्ट ख्य्मन राना इडिट पेमा लामाको रहेकोछ मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीत सार्थक मझेरी युट्यूव च्यानल मार्फत भर्खरै सार्वजनिक भएको छ । यो गीत एकपटक सुनेर र हेरेर प्रतिकृया दिनु हुन हामी सबैमा हार्दिक अनुरोध गर्दछौ ।
सर्मिला बोगटी र तुल्सी पराजुलीको मेरि आमा गीत सार्बजनिक हेर्नुहोस (भडियो सहित)


गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न
Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । …

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन
Spread the love प्रकाश टन्डन (रुपन्देही) रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते …

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर
Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको …

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल
Spread the love प्रकाश टन्डन (गुल्मी) गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा …

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण
Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति …

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्यो बृक्षारोपण कार्यक्रम
Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि. …
Be the first to comment