प्रकाश टन्डन (गुल्मी)
पछिल्लो अबस्थामा कोरोना भाइरस दिन प्रतिदिन फैलिरहेको छ । भाइरसको नया भेरिएन्ट ओमिक्रोन देस भर फैलिरहेको छ । यश भेरिएन्ट बाट गुल्मी दरबार गाउपालिका पनि अछुतो भने छैन । गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ मा एन्टिजन बिधीबाट कोरोना परिक्षण गर्दा आज १ जना पुरषमा पोजेटिभ देखिएको गुल्मी दरबार गाउपालिका स्वस्थ्य अधिकृत नारायण प्रसाद अर्यालले जानकारी दिनुभयको छ । हाल सम्म पालिकामा २ जना जिल्ला बाहिर र एक जना पालिका भित्र संक्रमित छन । बाहिर बाट आउने नागरिकले विशेष ख्याल गर्ने र केही दिन लक्ष्यण नदेखिय पनि होम क्वारेन्टाइनमा बस्नु पर्ने त्यसै गरि स्वस्थ्य मापदण्ड पूरा गर्नु पर्ने अर्यालले बताउनुभयको छ । बिना काममा घर बाट बाहिर ननिस्किने खानपानमा ध्यान दिने हो भने कोरोना नियन्त्रण सहजै हुने अर्यालले बताउनु भयको छ । पछिल्लो २४ घन्टामा नेपालमा मात्रै ५७४७ संक्रमित भयका छन भने ५४७ जनाले स्वस्थ्य लाभ लियका छन , ३ जनाले ज्यान गुमायका छन । कोरोना नियन्त्रणमा सबैले सहयोग गरौ , कोरोना बाट सचेत बनौ त्रसित नबनौ ।
Be the first to comment