शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप, खस्किदो गुणस्तर सङ्गै बढदो अराजकता

Spread the love

(सबिन के.सि )

बिद्यालय ज्ञानको थलो ,शिक्षक शिक्षिका ज्ञानको सम्वाहक । शिक्षाको पवित्र मन्दिरमा झांगिएको राजनितिको अराजक झुन्डले प्रशासन र शिक्षक दुबैलाइ डर र त्रासमा काम गर्न वाध्य परेका छन । दुई दिन अघि आर आर क्याम्पसमा परिक्षामा चिट चोर्न नपाएको रिसमा शिक्षक माथी विद्यार्थीको आक्रमण यहि झुन्डको उपज थियो । त्यसो त कतै शिक्षकबाट बिद्यार्थी पिडित कतै विद्यार्थीबाट शिक्षक पिडित बनेका घटनाहरु बारबार आउने गरेका छन । केही समय अगि शहरकै एक स्कुलमा होमवर्क नगरेको निहुमा शिक्षकले बिद्यार्थीलाई हातै भाचिने गरि पिटेको घटना बाहिर आयो । दुई दिन अघि मात्र पोखरामा न्यु लाइफ़ स्कुलका ६ वर्षीय बालकले ओच्छ्यानमा पिसाब गर्यो भनेर होस्टलकी वार्डेनले बालकको यौनांगमा रबरले बाँधेर सुताउँने गरेको कुरा बाहिर आयो। यी घटना क्रमलाई नियाल्ने हो भने हाम्रो शैक्षिक यात्रा कस्तो र कहा जादैछ भन्ने बुझ्न कठिन नहोला । अझ सरकारी स्कुल कलेजको हबिगत हेर्दा लाग्छ यहाँ ज्ञान होईन पार्टिको सिद्धान्त बाड्ने गरिन्छ । स्कुल कलेजमा प्रत्यक दिन जसो पार्टिगत क्रियाकलाप बढ्दै जानू यो हाम्रो शैक्षिक चुनौतिको पाटो मात्र होईन भविश्यमा हुन सक्ने शैक्षिक दुर्घटनाको कारक पनि हो भन्दा फरक नपर्ला ! शैक्षिक सस्थामा प्रत्यक पार्टिको संगठन बिस्तार अनि सोही अनुरुप स्कुल प्रशासन र शिक्षक शिक्षिका चल्नु पर्ने यो कस्तो अभ्यास । हुदा हुदा अब त परिक्षामा चिट चोर्न नदिए शिक्षक हरु सजायको भागिदार बन्नु पर्ने भए । राजनितिक संरक्षणमा यस्ता अराजक हर्कत गर्ने बिद्यार्थी जमातले परिवार, समाज, समुदाय र रास्ट्रलाई कस्तो योगदान देला ? ज्ञानलो भुमी, अनुशासनको जननी बिकासको पहिलो सुचक बिद्यालयमा हुने गरेका यावत घटनाले हामी एक युग पछि छौं भन्ने आभास मात्र गराएको छैन, राज्य, प्रशासन, राजनिती र न्यायिक नियमावलिलाई समेत खिल्लि उडाएको छ । समग्र विश्व बिकासको एउटा स्वर्णिम युगमा प्रबेस गर्दै गर्दा हामी राजनितिको तितो हस्तक्षेप बाट शैक्षिक सस्थालाइ समेत सुरक्षित राख्न सकिरहेका छैनौ भने बिकासको दुर दृष्टि कसरी सम्भव होला र ! प्रशासन र न्यायलय राजनितिको मुट्ठिमा हुदा शैक्षिक सस्थामा हुने गरेका गम्भीर घटनाका दोशी सजिलै उम्कने गरेका नजिर हामी सामु प्रस्टै छ जसले गर्दा बार बार यस्ता घटना दोहोरिरहेका छन । राजनितिको यस्तो सिधा असर बाट आखिर हामीले कस्तो शिक्षा प्राप्त गर्ने ? कता गइरहेको छ हाम्रो युवा मानसिकता ? परिवर्तनलाई साकर पार्ने आसा र भरोसा युवा पुस्तालाई राजनितिबाट टाढा राख्दै ज्ञानको मन्दिर शैक्षिक सस्था स्वतन्त्र चल्नु पर्ने होईन ? त्यसो त शिक्षक शिक्षिकाबाट बिद्यार्थी माथी हुने गरेको यातनालाई समेत केलाउदा यी सबै पक्षलाई नैतिक, व्यवहारिक, मानवीय पाठ पढाउन नितान्त आवश्यक देखिन्छ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*