uhfc र दरबार देउराली दर्सन सेवा समाजले गर्यो विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण

Spread the love

प्रकाश टण्डन (गुल्मी)

युनाइटेड हेल्थ एण्ड फिटनेस क्लब र दरवारदेउराली दर्शन सेवा समाज चारपालाद्वारा संयुक्त रुपमा स्थापना गरिएकाे “कलम साथै मलम” नामक अक्षयकोषबाट मिति २०७८/११/२ गते श्री ईश्वरी माध्यमिक विद्यालयकाे वार्षिक उत्सवकाे अवसरमा प्राथमिक तह, आधारभूत तह र माध्यमिक तहमा अध्ययनरत १/१ जना गरी जम्मा ३ जना विद्यार्थीलाई नगद रु १५००/- अक्षरुपी एक हजार पाँच सयका दरले रु ४५००/- अक्षरुपी चार हजार पाँच सय रूपैयाँ छात्रवृत्ति प्रदान गरेकाे थियाे भने आज मिति २०७८/११/१० गते श्री ठुलाेपाेखरा माध्यमिक विद्यालयकाे वार्षिक उत्सवकाे अवसरमा प्राथमिक तह, आधारभूत तह र माध्यमिक तहमा अध्ययनरत २/२ जना गरी जम्मा ६ जना विद्यार्थीलाई नगद रु १५००/- अक्षरुपी एक हजार पाँच सयका दरले रु ९,०००/- अक्षरुपी नाैँ हजार रूपैयाँ छात्रवृत्ति प्रदान गरेकाे छ ।

कार्यक्रममा छात्रवृत्ति स्थापनाका विषयमा बताउदै क्लबका अध्यक्ष इन्द्र बहादुर थापाले विद्यार्थी छनाेट तथा छात्रवृत्ति वितरण कार्यमा सहजीकरण गर्नुहुने विद्यालयका प्रधानाध्यापक लगायत सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुका साथै संस्थाका सम्पूर्ण सहयाेगी एवं शुभचिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्नुभयाे। दरवारदेउराली दर्शन सेवा समाजसँग सहकार्य गरी समाजसेवाका उदाहरणीय कार्यहरु गरिरहेकाे उक्त क्लबले चारपाला क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयहरुमा प्रदान गरेकाे छात्रवृत्ति प्राप्त गर्नुहुने विद्यार्थीहरुलाई थप उर्जाका साथ अध्ययन गर्नका लागि हाैसला एवं सहयाेग मिल्नेछ भन्ने विश्वास लिएकाे छ । कार्यक्रममा बाेल्दै अध्यक्ष इन्द्रबहादुर थापाले स्थलगत रुपमा उपस्थित भइ सहयाेग गर्ने क्लबका पदाधिकारी, समाजसेवी, सराेकारवालाहरु र सहयाेगीहरुलाई विशेष धन्यवाद दिदै विदेशमा रहेर पनि मातृभूमिप्रतिकाे अगाध माया बाेकी समाजसेवामा लागिपरेका दरवारदेउराली दर्शन सेवा समाज चारपालाका युवा साथीहरूप्रति सम्मान प्रकट गर्नुभयो ।

यस्तै विभिन्न सहयाेगका कार्यक्रममामा सहयाेगका हातहरुलाई अगाडि बढाउने तथा गाउपालिकाभित्रका सामाजिक, आर्थिक,सास्कृतिक र खुलकुदकाे विकासमा लागिपर्नका साथै विद्यार्थीहरुकाे सुख दुखमा कलम सँगै मलमकाे रुपमा आगामी वर्षहरुमा समेत निरन्तर सहयाेग गर्ने जानकारी पनि गराउनु भएकाे थियाे ।यस्तै विभिन्न सहयाेगका कार्यक्रममामा सहयाेगका हातहरुलाई अगाडि बढाउने तथा गाउपालिकाभित्रका सामाजिक, आर्थिक,सास्कृतिक र खुलकुदकाे विकासमा लागिपर्नका साथै विद्यार्थीहरुकाे सुख दुखमा कलम सँगै मलमकाे रुपमा आगामी वर्षहरुमा समेत निरन्तर सहयाेग गर्ने जानकारी पनि गराउनु भएकाे थियाे ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*