uhfc र दरबार देउराली दर्सन सेवा समाजले गर्यो विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण

Spread the love

प्रकाश टण्डन (गुल्मी)

युनाइटेड हेल्थ एण्ड फिटनेस क्लब र दरवारदेउराली दर्शन सेवा समाज चारपालाद्वारा संयुक्त रुपमा स्थापना गरिएकाे “कलम साथै मलम” नामक अक्षयकोषबाट मिति २०७८/११/२ गते श्री ईश्वरी माध्यमिक विद्यालयकाे वार्षिक उत्सवकाे अवसरमा प्राथमिक तह, आधारभूत तह र माध्यमिक तहमा अध्ययनरत १/१ जना गरी जम्मा ३ जना विद्यार्थीलाई नगद रु १५००/- अक्षरुपी एक हजार पाँच सयका दरले रु ४५००/- अक्षरुपी चार हजार पाँच सय रूपैयाँ छात्रवृत्ति प्रदान गरेकाे थियाे भने आज मिति २०७८/११/१० गते श्री ठुलाेपाेखरा माध्यमिक विद्यालयकाे वार्षिक उत्सवकाे अवसरमा प्राथमिक तह, आधारभूत तह र माध्यमिक तहमा अध्ययनरत २/२ जना गरी जम्मा ६ जना विद्यार्थीलाई नगद रु १५००/- अक्षरुपी एक हजार पाँच सयका दरले रु ९,०००/- अक्षरुपी नाैँ हजार रूपैयाँ छात्रवृत्ति प्रदान गरेकाे छ ।

कार्यक्रममा छात्रवृत्ति स्थापनाका विषयमा बताउदै क्लबका अध्यक्ष इन्द्र बहादुर थापाले विद्यार्थी छनाेट तथा छात्रवृत्ति वितरण कार्यमा सहजीकरण गर्नुहुने विद्यालयका प्रधानाध्यापक लगायत सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुका साथै संस्थाका सम्पूर्ण सहयाेगी एवं शुभचिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्नुभयाे। दरवारदेउराली दर्शन सेवा समाजसँग सहकार्य गरी समाजसेवाका उदाहरणीय कार्यहरु गरिरहेकाे उक्त क्लबले चारपाला क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयहरुमा प्रदान गरेकाे छात्रवृत्ति प्राप्त गर्नुहुने विद्यार्थीहरुलाई थप उर्जाका साथ अध्ययन गर्नका लागि हाैसला एवं सहयाेग मिल्नेछ भन्ने विश्वास लिएकाे छ । कार्यक्रममा बाेल्दै अध्यक्ष इन्द्रबहादुर थापाले स्थलगत रुपमा उपस्थित भइ सहयाेग गर्ने क्लबका पदाधिकारी, समाजसेवी, सराेकारवालाहरु र सहयाेगीहरुलाई विशेष धन्यवाद दिदै विदेशमा रहेर पनि मातृभूमिप्रतिकाे अगाध माया बाेकी समाजसेवामा लागिपरेका दरवारदेउराली दर्शन सेवा समाज चारपालाका युवा साथीहरूप्रति सम्मान प्रकट गर्नुभयो ।

यस्तै विभिन्न सहयाेगका कार्यक्रममामा सहयाेगका हातहरुलाई अगाडि बढाउने तथा गाउपालिकाभित्रका सामाजिक, आर्थिक,सास्कृतिक र खुलकुदकाे विकासमा लागिपर्नका साथै विद्यार्थीहरुकाे सुख दुखमा कलम सँगै मलमकाे रुपमा आगामी वर्षहरुमा समेत निरन्तर सहयाेग गर्ने जानकारी पनि गराउनु भएकाे थियाे ।यस्तै विभिन्न सहयाेगका कार्यक्रममामा सहयाेगका हातहरुलाई अगाडि बढाउने तथा गाउपालिकाभित्रका सामाजिक, आर्थिक,सास्कृतिक र खुलकुदकाे विकासमा लागिपर्नका साथै विद्यार्थीहरुकाे सुख दुखमा कलम सँगै मलमकाे रुपमा आगामी वर्षहरुमा समेत निरन्तर सहयाेग गर्ने जानकारी पनि गराउनु भएकाे थियाे ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*