संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जना पक्राउ

Spread the love

सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर ट्याङलाफाँट वतन भएका सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकका अध्यक्ष ५७ वर्षीय इच्छाराज तामाङ, काठमाडौं महानगरपालिका-१६ वतन भएका उक्त को-अपरेटिभका संचालक समितिका अध्यक्ष ६२ वर्षीय केशवलाल श्रेष्ठ, काठमाडौं महानगरपालिका-१२ वतन भएका ६२ वर्षीय सहजकर्ता प्रबन्धक ६२ वर्षीय भगवान बहादुर सिंह, काठमाडौं कीर्तिपुर नगरपालिका-९ वतन भएकी जुनियर असिसटेन्ट मेनेजर ५० वर्षीया मायोनानी महर्जन, भक्तपुर नगरपालिका-११ वतन भएकी जुनियर असिसटेन्ट मेनेजर ४४ वर्षीया एलिना तुलाधर, झापा घर भएका जुनियर अधिकृत ४५ वर्षीय शंकरप्रसाद पाठक, काभ्रे वतन भएका असिसटेन्ट २५ वर्षीय संगित श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका-९ वतन भएका लेखा अधिकृत ३३ वर्षीय राकेश महर्जन, काठमाडौ बुढानिलकण्ठ नगरपालिका-६ बस्ने सिन्धुली दुधौली नगरपालिका-७ घर भएका जुनियर सहायक प्रबन्धक ४० वर्षीय बुद्धराज तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ वतन भएका जुनियर सहायक प्रबन्धक ३७ वर्षीय कौस्तुभ केतन ढुंगाना, नुवाकोट विदुर नगरपालिका-२ वतन भएका सिभिल होम्सका वरिष्ठ प्रबन्धक ४३ वर्षीय विजय विक्रम शाह र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने मकवानपुर चित्तलाङ घर भएका पूर्व लेखा समिति सदस्य४६ वर्षीय हरिहर लामिछाने रहेका छन् । उक्त लिमिटेडका निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेको रकम बचत तथा मुद्दती खाताको अवधि पुगीसकेपछि खाताबाट रकम झिक्नको लागि सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराई दिनेतर्फ आवश्यक पहल नगरेको तथा उक्त लिमिटेडमा रहेका सर्वसाधारणको बचतको ठुलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरीत एकै व्यक्ति संस्थापक रहेको बिभिन्न परियोजनाहरुमा लगानी गरेको र उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त लिमिटेड जोखिममा रही सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका बिभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति शुद्दिकरणको कसूर गरेको हुनसक्ने हुँदा सहकारी ऐन, २०७४ को दफा (१२२) बमोजिमको कसूर गरेको देखिन आएकोले उक्त कार्यमा संलग्न उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर आवश्यक कानूनी कारवाही भइरहेको तथा अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को-अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि समेत सोही ब्यूरोमा सम्पर्क गर्न हुन केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*