संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जना पक्राउ

Spread the love

सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर ट्याङलाफाँट वतन भएका सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकका अध्यक्ष ५७ वर्षीय इच्छाराज तामाङ, काठमाडौं महानगरपालिका-१६ वतन भएका उक्त को-अपरेटिभका संचालक समितिका अध्यक्ष ६२ वर्षीय केशवलाल श्रेष्ठ, काठमाडौं महानगरपालिका-१२ वतन भएका ६२ वर्षीय सहजकर्ता प्रबन्धक ६२ वर्षीय भगवान बहादुर सिंह, काठमाडौं कीर्तिपुर नगरपालिका-९ वतन भएकी जुनियर असिसटेन्ट मेनेजर ५० वर्षीया मायोनानी महर्जन, भक्तपुर नगरपालिका-११ वतन भएकी जुनियर असिसटेन्ट मेनेजर ४४ वर्षीया एलिना तुलाधर, झापा घर भएका जुनियर अधिकृत ४५ वर्षीय शंकरप्रसाद पाठक, काभ्रे वतन भएका असिसटेन्ट २५ वर्षीय संगित श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका-९ वतन भएका लेखा अधिकृत ३३ वर्षीय राकेश महर्जन, काठमाडौ बुढानिलकण्ठ नगरपालिका-६ बस्ने सिन्धुली दुधौली नगरपालिका-७ घर भएका जुनियर सहायक प्रबन्धक ४० वर्षीय बुद्धराज तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ वतन भएका जुनियर सहायक प्रबन्धक ३७ वर्षीय कौस्तुभ केतन ढुंगाना, नुवाकोट विदुर नगरपालिका-२ वतन भएका सिभिल होम्सका वरिष्ठ प्रबन्धक ४३ वर्षीय विजय विक्रम शाह र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने मकवानपुर चित्तलाङ घर भएका पूर्व लेखा समिति सदस्य४६ वर्षीय हरिहर लामिछाने रहेका छन् । उक्त लिमिटेडका निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेको रकम बचत तथा मुद्दती खाताको अवधि पुगीसकेपछि खाताबाट रकम झिक्नको लागि सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराई दिनेतर्फ आवश्यक पहल नगरेको तथा उक्त लिमिटेडमा रहेका सर्वसाधारणको बचतको ठुलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरीत एकै व्यक्ति संस्थापक रहेको बिभिन्न परियोजनाहरुमा लगानी गरेको र उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त लिमिटेड जोखिममा रही सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका बिभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति शुद्दिकरणको कसूर गरेको हुनसक्ने हुँदा सहकारी ऐन, २०७४ को दफा (१२२) बमोजिमको कसूर गरेको देखिन आएकोले उक्त कार्यमा संलग्न उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर आवश्यक कानूनी कारवाही भइरहेको तथा अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को-अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि समेत सोही ब्यूरोमा सम्पर्क गर्न हुन केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*