प्रकाश टन्डन (गुल्मी)
काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमा सकुशल अवतरण भएको छ । ल्यान्डिङ गेयरमा समस्या आएपछि विराटनगरमा अवतरण हुन नसकेर विमान काठमाडौं फर्किएको थियो
। उपत्यकाको आकाशमा डेढ घण्टा फन्को लगाउँदै इन्धन सकेर ‘फोर्स ल्यान्डिङ’ गरिएको बुद्ध एयरले जनाएको छ । विमानस्थलमा सम्भावित दुर्घटनालाई मध्यनजर गरेर फर्म बिच्छ्याउनुका साथै दमकल र एम्बुलेन्ससहित उद्धारकर्मीलाई तयारी अवस्थामा राखिएको थियो ।
Be the first to comment