‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने

Spread the love
प्रकाश टन्डन (काठमाडौं)

हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने भएको छ । डेढ बर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको यो शो आउँदो साता प्रशारण भएपछि बन्द हुने यसका संचालक जितु नेपालले पुष्टी गरे ।

जितुले यो शो बन्द भएपछि आफूले केही समय विश्राम लिने र नयाँ शो दर्शकमाझ ल्याउने जानकारी दिए । यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होेस्ट बन्ने पक्का भएसँगै जितुले यो शो बन्द गर्ने निर्णय गरेका हुन् ।

उमेश राइले आफ्नो चर्चित गेटअप ‘फुलन्देकी आमा’ नै बनेर डान्स रियालिटी शो ‘डान्स च्याम्पियनसिप’को होस्ट गर्दैछन् । जितुले भने–‘हुनत, म यो कार्यक्रमलाई बन्द गर्ने सोचमा नै थिएँ । सबै कलाकारलाई मायाको चिनो दिएर राम्रोसँग बन्द गर्ने सोचमा थिएँ । तर, उमेशजी अर्को शोको पनि होस्ट बन्ने हुनुभएछ । अब, दुबै शोमा एउटै गेटअपमा देखिदा समस्या हुन सक्छ भन्ने पनि लाग्यो ।’

यो शोलाई प्रायोजन गर्दै आएको कि एड्भरटाइजिङले उमेश दुबैतिर एउटै गेटअपमा देखिदा समस्या नहुने बताएपछि जितुले शो बन्द गर्ने मुड बनाए । कि ले पनि यो कुरामा सहमती जनाएपछि अर्को सातादेखि यो चर्चित कमेडी रियालिटी शो बन्द हुन लागेको हो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*