रामकृष्ण कंडेल , चैत १३ , गुल्मी
गुल्मीदरवार गाँउपालिका वडा नं.६ को जावुनडाडामा ८५ जना २० बर्ष माथिका नागरिकहरुको स्वास्थ्य परिक्षण सम्पन्न गरिएको छ । उपस्थित सवैको रक्तचाँप र रगतमा चिनिको मात्रा जाँच गर्दा ६ जनामा रगतमा चिनिको मात्रा सामान्य भन्दा धेरै भएको अर्थात मधुमेह रोग र ४ जनामा उच्च रक्तचाँप भएको बताइएको छ ।
शनिवार आयोजित स्कृनिङ्मा स्वास्थ्यमा समस्या देखिएका नागरिकहरुलाइ आवस्यक औषधि उपचार तथा स्वास्थ्य शिक्षा समेत दिइएको थियो । गुल्मीदरवार गाँउपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालको नेतृत्वमा दरवार देवीस्थान स्वास्थ्य चौकिका अ हे व रामकृष्ण कंडेल, ठुलान आधारभुत स्वास्थ्य केन्द्रका अ हे व उषा शाह,अ न मि मिना पोख्रेल, चिनियापोखरि सामुदायिक स्वास्थ्य इकाइका अ हे व सरस्वति कंडेल,अ.न.मी. मनिषा थापा,कार्यालय सहयोगि भगवति थापा र महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका मञ्जु श्रेष्ठ लगायतको टोलि परिचालित भएको थियो ।
Be the first to comment