रेसुङ्गा नगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई मासिक ४ हजार दिने

Spread the love

गुल्मीको रेसुङ्गा नगरपालिकाले यस बर्षको एसईई परीक्षामा ३.२ जिपीए भन्दा माथि अंक ल्याई उत्तिर्ण भई कक्षा ११ पढ्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।

उक्त विशेष कार्यक्रमको रेसुङ्गा नगरपालिकाका मयेर खिलध्वज पन्थीले शुक्रबार एक समारोहका बीच घोषणा गरेका हुन्।

उनले रेसुङ्गा नगरपालिका भित्र घर भएका र पालिका भित्रैका विद्यालयहरुमा कक्षा ११ र १२ सम्म अध्यान गर्ने विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले रकम उपलब्ध गराउने गरि कार्यक्रम ल्याईएको बताए।

पन्थीले शिक्षा र स्वास्थ्य विकासको मुख्य आधार भएको बताउँदै विशेषतः बसाई सराई रोक्नका लागि यो बिशेष कार्यक्रम अगाडी सारिएको सुनाए।

‘गरिव विपन्न वर्गकका छोरा छोरीहरु आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुँदै आएका छन्, –उनले भने वडाध्यक्षज्युहरु तपाई हामी पनि त्यही वर्गबाट आएका हौं, बजेट कहाँ बाट ल्याउने? भन्ने चिन्तै नगर्नुहोस्, जहाँबाट पनि ल्याएरै छाडिन्छ र कार्यविधी अनुसारका विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले छात्रावृत्ति उपलब्ध गराउने यो कार्यक्रम सफल पारेरै छाडिन्छ।’

त्यस नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत भक्तीराम मरासीनीले मेयर पन्थीले घोषणा गरेको यस कार्यक्रमले विशेष गरि पढाईका कारण गाउँ छाडेर शहरका विद्यालय जान बाध्य बिद्यार्थीहरुलाई रोक्न मद्धत पुग्ने धारणा राखे

 

त्यस पालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद भण्डारीले यस बर्षको एसईई परिक्षामा ३.६ भन्दा माथी ३६ जना र ३.२ भन्दा माथी १०६ जना गरि १४२ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी मासिक ४ हजारका दरले स्कलरशिप स्वरुप सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको र छिटै कार्यविधी समेत बनाएर कार्यक्रम लागु गर्न लागिएको बताए।

घोषणा सभालाई सम्बोधन गर्दै मेयर पन्थीले यस अघि नगरपालिकाले अगाढी सारेको निशुल्क आँखा उपचार गरिने कार्यक्रमले निकै ठुलो सन्देश दिएको , अँस्ती मात्र ८ जना दृष्टि विहिनहरुको सल्यक्रिया गर्र्दा उनिहरुले आशिष दिएको र अब छिट्टै गुल्मी अस्पतालमा डाईलसिस गर्ने मेशिन उपलब्ध गराई मुटु लगातका दिर्घ रोगीहरलाई निःशुल्क डायलिसस सेवा उपलब्ध गराउँदा गरिब विपन्न वर्गले ठुलो राहतको महशुस गर्ने बताए। सेतोमसी डटकमले यो खबर लेखेको छ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*