गुल्मी दरबार गाउपालिकामा चैत्र २५ गते देखि बिद्यालय केन्द्रित टाइफाइड रोग विरुद्धको खोप अभियान संचालन हुने

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालिका द्वारा टाइफाइड खोप अभियान संचालन, नियमित खोपमा टाइफाइड खोपको सुरुवात तथा नियमित खोप सुदृढीकरण र सरसफाइ प्रबर्द्धन सम्बन्धमा पालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा गुल्मी दरबार गाउपालिका अन्तर्गत जनप्रतिनिधि, स्वास्थ्य कर्मीहरु , विभिन्न राजनितीक दलका सदस्य , समाजका बुद्दिजिबि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सरोकारवाला संग १५ महिना देखि माथी १५ बर्ष मुनिका बालबालिकालाइ बिद्यालय केन्द्रित खोप अभियान संचालन बिषयमा छलफल गरिएको थियो ।खोपहरुमा सबै भन्दा सुरक्षीत मानिएको टाइफाइड रोग बिरुद्दको खोप चैत्र २५ गते देखि बिद्यालय केन्द्रित अभियान संचालन गर्ने र आगामी महिना देखि नियमित खोप सुरु गर्ने स्वास्थ्य साखा प्रमुख नारायण प्रसाद अर्यालले बताउनु भयो ।बिद्यालय केन्द्रित खोप अभियानमा सरोकारवालाको रचनात्मक सहयोगको खाचो रहेको कार्यक्रममा सहभगीले बताएका थिए । कार्यबाहाक गाउपालिका अध्यक्ष मिना भन्डारीले रोग नियन्त्रणको लागि खोप महत्त्वपूर्ण हुन्छ यश सङ्गै ब्यक्तिगत र बाताबरण सरसफाइ पनि अति महत्त्वपूर्ण रहेकाले सरसफाइमा पनि सरोकारवालाको निरन्तर ध्यान जानू पर्ने बताउनुभएको छ

संसारमा हरेक बर्ष करिब २ करोड ब्यक्तिहरु टाइफाइट रोग बाट संक्रमित हुने गरेका छन जस मध्य बार्षिक १ लाख ६१ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । नेपालमा बिगत ५ बर्षको तथ्यांक अनुसार हरेक बर्ष करिब ४ लाख ५० हजार जना टाइफाइड रोग बाट संक्रमित हुने गरेका छन । बिगत ३ बर्षको तथ्यांक अनुसार पानी र खानेकुरा बाट हुने संक्रामक रोगहरु मध्य टाइफाइड तेसो स्थानमा रहेको र अस्पताल भर्ना हुने बिरामीहरु मध्य चौथो कारण यहि रोग रहेको छ । टाइफाइड रोगले ज्यानै जोखिममापार्न सक्छ भने यो रोग जुनसुकै उमेरका ब्यक्तिहरुलाइ हुन सक्दछ तर १५ बर्ष मुनिका बालबालिकामा संक्रमण दर र रोगको जटिल्ता उच्च हुन्छ ।

टाइफाइट रोग बिरुद्दको खोप सुरुवातको औचित्य के हो ?

टाइफाइट रोग संक्रमण सबै समुहमा हुने तर १५ बर्ष मुनिका बालबालिकामा करिब ११ गुणा बढी संक्रमण भएको छ ।पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्यन अनुसार प्रती १ लाख जनसंख्यामा १,०६२ मा टाइफाइड संक्रमण भएको र १५ बर्ष मुनिका प्रती १ लाख जनसंख्यामा १०,९६० ब्यक्तिलाई टाइफाइड संक्रमण भएको पाइएको छ । कार्यक्रम एलिनाले स्वागत मन्तव्य सङ्गै सहभागिलाइ स्वागत गर्नुभएको थियो भने कार्यक्रम सन्चालन गुल्मी दरबार गाउपालिका स्वस्थ्य प्रमुख नारायण प्रसाद अर्यालले सन्चालन गर्नुभएको थियो यस्तै साेहि अवसरमा नियमित खाेप सुदृढीकरण पूर्ण खाेपकाे दिगाेपना र सरसफाई कार्यक्रम निरन्तरताको लागि सुक्ष्म याेजना अध्यावधिक साथै पालिका खाेप समन्वय अभिमुखीकरण पनि सम्पन्न भएकाे छ ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*