स्थानिय चुनाव गुन को राजनिती गर्ने थलो भएका ले संघ र प्रदेस भन्दा केही फरक भने अबस्य रहन्छ ।

Spread the love

बिकास टन्डन (रुपन्देही)

नेपाल सरकारले बैशाख ३० गते स्थनिय चुनाब को मिति घोषणा गरेको छ विभिन्न साना ठुला पाटीहरु चुनाबी कार्यक्रम मा होमिएका छन ! स्थानिय चुनाब भनेको गुन को राजनिती गर्ने थलो भएका ले संघ र प्रदेसको भन्दा केही फरक भने अबस्य हुन्छ। नीति ,एन, योजना , कार्यक्रम , बिकास,सासकिय पद्धति र कार्यनयन समेत स्थानिय सरकारले गर्ने हुदा स्थानिय निकायको प्रमुखमा अब्बल र शिक्षित हुनुपर्छ

 

स्थानीय निकायको चुनाब राजनितिक अभियान पनि रहेकाले चुनाब नै सबथोक हो भनेर एक आपसमा झगडा गर्ने लडने, मरिहत्ते गर्ने र कार्यनितिक दाउपेचका रुपमा मात्र बुझ्ने कुरा राजनितिका लागि खतरा छ । समाज बिथोल्ने राजनितिक दाउपेचमा जन्ता एकआपस मा भड्काउने भन्दा पनि जन्ताका मुद्दा स्थापित गर्ने , जन्ताले आफ्नो बर्ग र समुदायका पक्षमा रहेको राजनितिक कार्यदिशा निर्माण गर्ने, सामाजिक मूल्य मान्यतालाई अबलम्बन गर्ने पाटी र उमेदवारलाई निर्धक्क छनोट गर्ने सार्बभौम राजनितिक अधिकारलाइ चुनाबी अभियान सङ्ग  जोड्नु प्रदछ ।

शिक्षा

स्थानीय सरकारले सामुदायिक शिक्षा सुधारको नेतृत्व गर्नुपर्छ । तर, अहिले शिक्षकमाथिको अधिकार भने ठगिएको छ । अविभावकको सचेतनासहित विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको नेतृत्वका रूपमा स्थापित गर्ने कार्य गर्नुपर्छ । सैक्षीक  नेतृत्व भने प्रधानाध्यापकले लिनुपर्छ । शिक्षालाई विभेदरहित समाज निर्माण गर्ने सामाजिक उत्तरदायित्वको भावना बोध गर्न उद्देश्यमा पनि फेरबदल जरुरी छ । शिक्षा क्षेत्रको बिकासका लागि आफ्ना पालिका भित्र पर्ने सम्पुर्ण स्कुलहरुमा बाल शिक्षा देखि नै अङ्ग्रेजी र नैतिक शिक्षालाई विशेष प्राथमिकता दिने नीति अबलम्बन गरिनु पर्दछ । आफना स्थानिय तहाका आफ्नै मूल्य मान्याता र रितिरिबाज रहेकाले कम्तिमा एउटा किताब आफ्नो स्थानिय इस्तर को भुगोल , रितिरिबाज , सास्कृतिक , सामाजिक एबम भौगोलिक बिबिधतालाई समेटी स्थानीय पाठ्यक्रम निर्माण गरी स्थानीय सरकारले योगदान गर्न सक्नुपर्दछ ।

स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा स्थानीय समुदायसँग भएको परम्परागत ज्ञान, सीपको समेत उपयोग गर्दै समग्र जनस्वास्थ्यको योजना बनाउन जरुरी छ । अहिले भइराखेका स्वास्थ्य संस्थाहरूको शासकीय सुधार गर्दै स्तरोन्नति गर्ने, भौगोलिक दृस्टीले हाम्रो पाहाडी जिल्ला गुल्मी का इस्थानिय तह केहि ठुला भएका ले सबारी साधनमा बढीमा आधा घन्टाको दूरीमा प्राथमिक स्वास्थ्य सेवा प्राप्त गर्ने, पालिकाभित्र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने र सम्भव भएसम्म कम्तिमा एउटा पालिकाको एउटा स्वस्थ चौकी मा विशेषज्ञ सेवा प्राप्त गर्ने गरी योजना निर्माण गर्नुपर्छ । संविधानले घोषणा गरेको सेवा जनताले पाएका छैनन् । स्थानीय सरकारको स्वास्थ्य क्षेत्रमा ठूलो जिम्मेवारी छ । यसैसँग जोडेर शारीरिक व्यायाम, खेलकुद, योग, ध्यानलगायत योजना निर्माण गरी शारीरिक र मानसिक रूपमा स्वास्थ नागरिक निर्माण गर्ने कार्यमा स्थानीय सरकार लाग्नुपर्छ । यस्तै बालबालिका, महिला, दलित, गरिब, सुकुम्बासी, निम्न आयस्तरका मजदूर, असहाय तथा अपांगता भएका व्यक्तिका लागि सामाजिक न्यायमा आधारित घरदैलो स्वास्थ्य कार्यक्रम लागू गर्नुपर्छ ।

कृषि

कृषिलाई उत्पादनमा मात्र नभई प्रशोधन, प्याकेजिङ, ढुवानी, बजारीकरणजस्ता मूल्य शृंखला र मूल्य अभिवृद्धिको योजनासहित ग्रामीण उद्योगमा बदल्न जरुरी छ । हाम्रो गुल्मी जिल्ला जस्ता पाहाडी क्षेत्रहरुमा स्थनिय निकाय भौगोलिक रुपमा ठुला र बस्ती टाढा टाढा हुने र बजारीकरणको समस्या हुने हुदा विभिन्न पायक पर्ने स्थानहरुमा कृषक ले उत्पादन गरेका कृषि जन्य सामाग्रीहरुलाई कोल्ड स्टोर बनाइ बजार ब्यबस्थापन मा थप मद्दत पुगने गरि कार्यक्रमहरु गर्न जरुरी देखिन्छ । यस्तै स्थानीय प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाहरूको उपयोग स्थानीय समुदाय, समूह र सहकारीको स्वामित्वमा ग्रामीण पर्यटनको योजना बनाउनुपर्छ । निजी क्षेत्रले गर्ने पर्यटन उद्योगलाई सहजीकरण र नियमन गर्ने स्पष्ट योजना बनाउनुपर्छ । पर्यटनबाट स्थानीय समुदायले प्रत्यक्ष रुपमा लाभ पाउने गरि कार्यक्रम आगाडी ल्यौउनु पर्दछ ।

युवा स्वरोजगार

स्थानीय सरकारको सबलीकरण र सशक्तीकरणका लागि कर्मचारी व्यवस्थापन पनि बाधक बनेको छ । जनप्रतिनिधि र कर्मचारी बिच तालमेल नमिल्दा योजानाहरु नै अलपत्र परेको देखन सकिन्छ त्यो हुन नदिनका लागि स्थानीय सरकारमा अध्ययन, अनुसन्धान र योजना निर्माणको संरचना तथा जनशक्तिको व्यवस्था गर्न जरुरी छ । योजनामा मद्दत गर्न स्थानीय योजना आयोग, अनुसन्धान तथा योजनाविज्ञको आवश्यकता पर्छ । स्थानीय परिस्थिति, जातीय बनोट, भौगोलिक अवस्था, स्थानीय समुदायअनुसारको विशेष नीति, योजनासहितको मौलिक स्थानीय सरकार र समुदाय निर्माण गर्ने कार्य यो चुनावबाट थालनी गर्नुपर्छ । छोटकरीमा स्थानीय विशेषतालाई पक्रने गरी ऐन, नीति, रणनीति, कार्यक्रम निर्माण गर्नुपर्छ । सेवा–सुबिधा घर दैलोमै पुर्याउन वडालाई सुदृढ बनाई कर्मचारीले वडाबाटै सेवा दिने व्यपुर्याउन

स्थानीय सरकारले युवालाई अध्ययन, अनुसन्धान एबम उत्पादनको क्षेत्रमा अभ्यस्त गराउँदै स्थानीय युवा विज्ञ तथा युवा अनुसन्धान कर्ता उत्पादन गर्ने योजना बनाउनुपर्छ । प्राकृतिक र सांस्कृतिक स्रोतसाधनमा आधारित तथा ती क्षेत्रको गहन अध्ययन गरी स्वउद्यमशीलता, स्वरोजगार र रोजगारी सिर्जनामा युवालाई तयार गर्न लगानी गर्नुपर्छ । कमिसनखोरी, दलालीकरण र सजिलो धनको पछि सबै दौडिरहेको अवस्थामा दिगो तरिकाले उद्यमको विकासका लागि कृषि जन्य बस्तु उतपादन ,कच्चा पदर्थ उत्पादन लगयत स्थानिय पर्यटन प्रबर्द्धन गर्ने स्थानीय योजना हुन जरुरी छ । सूचना प्रविधि तथा विज्ञान प्रविधिको विकासमा युवालाई आफ्नो ठाउँ र समाजको स्तरअनुसार योजनाबद्ध तरिकाले सक्षम बनाउन जरुरी छ ।

 

स्थानीय विविधताअनुसारको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक नीति, योजना र कार्यक्रम कसरी निर्माण गर्ने ? स्थानीय अर्थतन्त्र, रोजगारी, ग्रामीण औद्योगिकीकरण, कृषि, शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन जस्ता विषयमा स्थानीय चुनाव र सरकारलाई कसरी जोड्न सकिन्छ ? लगायत विषय सर्बाधिक महत्वका बिषय हुन ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*