सर्मिला बोगटी (नवलपरासी)
जंगली बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ। २०७८/०८/११ देखि बेखबर रहेको बिनय त्रीबेणी गाउपालिका (१) घुम्तिका स्थाइ बासिन्दा अन्दाजी ६०/६५ बर्षका जित बहादुर बिक लामो समय देखि बिनयी बन समुहमा चौकिदारको रुपमा कार्यरत थिए। २०७८/०८/११ गते करिब दिउँसो ३ बजे बाट सम्पर्क बिहिन भएका थिए। जङली जनावरको आक्रमण भएको हुन सक्ने सम्भावना भन्दै स्थानीय द्वारा रात भर खोजी कार्य भै रहे ता पनि भेटिएको थिएन २०७८/०८/१२ गते बिहान देखि प्रहरिको सहायता मा खोजी कार्य भएको र बिहान ८ बजे घना जङ्गलको बीचमा क्षतबिक्षत अवस्थामा भेटिएको थियो। जङली बाघको आक्रमण बाट जित बहादुर बिकको मृत्यु भएको घटना स्थल पुगेको प्रहरिले पुष्टि गरेकाछन । पोस्टमार्टमको लागि सबलाइ प्रहरी ले चोरमारा सरकारी अस्पताल लाने तयारी गरि रहेकोछ। मृत आत्माको चिर शान्तिको कामना सहित परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस सार्थक मझेरी टिभी परिवार
Be the first to comment