बिद्यालयका प्रअ नै नेपाली काङ्ग्रेस , गाउँपालिका सभापति , अब शिक्षक भन्ने कि नेता ज्यु भन्ने?

Spread the love

 

प्रकाश टन्डन

नेपाली कांग्रेस रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाका सभापति दीपेन्द्रकुमार ओलीको अर्को पनि परिचय छ । एक प्रधानाध्यापक । उहाँ आफूलाई नेपाली कांग्रेस, कांग्रेसका भातृ संगठन तथा सर्वदलिय बैठकमा नेपाली कांग्रेसको गाउँपालिका सभापतिको रुपमा परिचय दिनुहुन्छ । तर विद्यालय र सामाजिक क्षेत्र र कार्यक्रममा उहाँ एक विद्यालयको प्रधानाध्यापकको परिचय दिँदै हिड्नुहुन्छ ।

त्रिवेणि गाउँपालिकाको ३ नम्बर वडा स्थित युवा जनजागरण माध्यामिक विद्यालयका प्रअको रुपमा ओली कार्यररत हुनुहुन्छ । गत असोज ९ गते भएको नेपाली कांग्रेस त्रिवेणि गाउँपालिका अधिवेशनबाट ओली सर्वसम्मत गाउँपालिका सभापतिमा चयन हुनु भएको थियो । सभापतिमै चयन भएपछि विद्यालयबाट राजिनामा गर्नुहोला भनेर आशा गरेका अभिभावक भने अब आक्रोशित छन् ।

‘सामान्य कार्यकर्ता, भोटर हुनु, समर्थक हुनु, शिक्षक संघको नेता हुनु स्वभाविक हो,’ एक अभिभावकले भने, ‘गाउँपालिकाकै सभापति भइसकेपछि पनि नियमित विद्यालय आउने काम गैरजिम्मेवार नै हो ।’ एउटा अमुक पार्टीको गाउँपालिकाको मुख्य मान्छे विद्यालय जस्तो ठाउँमा गएर कसरी कार्य सम्पादन गर्छ र त्यो कसरी निश्पक्ष हुन्छ भन्ने प्रश्न उठिरहेको ति अभिभावकले बताए ।

पार्टीका भेला, बैठक, कार्यक्रमहरुमा जाँदा उहाँ निमित्तको जिम्मेवारी दिएर जानुहुन्छ । फर्केपछि फेरि पूरानै प्रधानाध्यापकको जिम्मेवारीमा काम गरिरहनु भएको छ । नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनमा आउँदा उहाँले रामबहादुर ओलीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिनुभएको थियो । तत्कालिन निमित्त प्रधानाध्यापक रामबहादुरले आफूले निमित्त प्रधानाध्यापकको जिम्मेवारी पाएको तर प्रधानाध्यापक दीपेन्द्रकुमार ओली कहाँ जानु भएको भनेर आफूलाई थाहा नभएको बताउनुभयाे ।

सभापति ओलीले भने आफूले विद्यालय छाड्न चाहेको बताउनुभयो । विद्यालयको अडिट गर्न बाँकी छ, अडिट गरेपछि विद्यालय छाड्ने योजनामा रहेको उहाँको भनाई छ । आफूले गरेको कामकाजको अडिट गरिदिएपछि विद्यालयलाई सजिलो होला भन्ने लागेको सपभाति ओलीले बताउनुभयो । उहाँ प्रावि तहको राहत दरबन्दिमा कार्यरत हुनुहुन्छ । २०६१ अघि निजि स्रोतमा पढाउनु भएका ओली २०६१ पछि राहत दरबन्दिमा आउनु भएको थियो । उहाँले शिक्षण थालेको २२ वर्ष पूरा भएको छ ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*