बिद्यालयका प्रअ नै नेपाली काङ्ग्रेस , गाउँपालिका सभापति , अब शिक्षक भन्ने कि नेता ज्यु भन्ने?

Spread the love

 

प्रकाश टन्डन

नेपाली कांग्रेस रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाका सभापति दीपेन्द्रकुमार ओलीको अर्को पनि परिचय छ । एक प्रधानाध्यापक । उहाँ आफूलाई नेपाली कांग्रेस, कांग्रेसका भातृ संगठन तथा सर्वदलिय बैठकमा नेपाली कांग्रेसको गाउँपालिका सभापतिको रुपमा परिचय दिनुहुन्छ । तर विद्यालय र सामाजिक क्षेत्र र कार्यक्रममा उहाँ एक विद्यालयको प्रधानाध्यापकको परिचय दिँदै हिड्नुहुन्छ ।

त्रिवेणि गाउँपालिकाको ३ नम्बर वडा स्थित युवा जनजागरण माध्यामिक विद्यालयका प्रअको रुपमा ओली कार्यररत हुनुहुन्छ । गत असोज ९ गते भएको नेपाली कांग्रेस त्रिवेणि गाउँपालिका अधिवेशनबाट ओली सर्वसम्मत गाउँपालिका सभापतिमा चयन हुनु भएको थियो । सभापतिमै चयन भएपछि विद्यालयबाट राजिनामा गर्नुहोला भनेर आशा गरेका अभिभावक भने अब आक्रोशित छन् ।

‘सामान्य कार्यकर्ता, भोटर हुनु, समर्थक हुनु, शिक्षक संघको नेता हुनु स्वभाविक हो,’ एक अभिभावकले भने, ‘गाउँपालिकाकै सभापति भइसकेपछि पनि नियमित विद्यालय आउने काम गैरजिम्मेवार नै हो ।’ एउटा अमुक पार्टीको गाउँपालिकाको मुख्य मान्छे विद्यालय जस्तो ठाउँमा गएर कसरी कार्य सम्पादन गर्छ र त्यो कसरी निश्पक्ष हुन्छ भन्ने प्रश्न उठिरहेको ति अभिभावकले बताए ।

पार्टीका भेला, बैठक, कार्यक्रमहरुमा जाँदा उहाँ निमित्तको जिम्मेवारी दिएर जानुहुन्छ । फर्केपछि फेरि पूरानै प्रधानाध्यापकको जिम्मेवारीमा काम गरिरहनु भएको छ । नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनमा आउँदा उहाँले रामबहादुर ओलीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिनुभएको थियो । तत्कालिन निमित्त प्रधानाध्यापक रामबहादुरले आफूले निमित्त प्रधानाध्यापकको जिम्मेवारी पाएको तर प्रधानाध्यापक दीपेन्द्रकुमार ओली कहाँ जानु भएको भनेर आफूलाई थाहा नभएको बताउनुभयाे ।

सभापति ओलीले भने आफूले विद्यालय छाड्न चाहेको बताउनुभयो । विद्यालयको अडिट गर्न बाँकी छ, अडिट गरेपछि विद्यालय छाड्ने योजनामा रहेको उहाँको भनाई छ । आफूले गरेको कामकाजको अडिट गरिदिएपछि विद्यालयलाई सजिलो होला भन्ने लागेको सपभाति ओलीले बताउनुभयो । उहाँ प्रावि तहको राहत दरबन्दिमा कार्यरत हुनुहुन्छ । २०६१ अघि निजि स्रोतमा पढाउनु भएका ओली २०६१ पछि राहत दरबन्दिमा आउनु भएको थियो । उहाँले शिक्षण थालेको २२ वर्ष पूरा भएको छ ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*