बुटवल पब्लिक स्कूलले थाल्यो झोलाविहीन शिक्षा

Spread the love

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३, पब्लिकपथस्थित बुटवल पब्लिक स्कूलले शैक्षिक सत्र–२०७८ देखि नयाँ अवधारणामा पठनपाठन गर्दै आइरहेको छ ।

बुटवल पब्लिक स्कूलले विद्यार्थीहरुको अवस्थालाई ध्यानमा राखेर गत शैक्षिक सत्रदेखि झोलाविहीन शिक्षाको नया तथा वैज्ञानिक अवधारणामा पठनपाठन गर्दै आइरहेका छन् । नगर भित्रकै उत्कृष्ट सो विद्यालयमा विद्यार्थीहरुले पाठ्यपुस्तकको भारी बोक्नु पर्दैन, नर्सरीदेखि ६ कक्षासम्म अध्यनरत विद्यार्थीहरुले सो झोलाविहीन शिक्षाको नयाँ तथा वैज्ञानिक अवधारणामा पठनपाठन गर्दै आइरहेको विद्यालयका प्राचार्य हेमलाल शर्माले बताए ।

विद्यालयको नयाँ व्यवस्था अनुसार विद्यार्थीहरुले अब दैनिक रुपमा किताबहरु बोक्नु पर्दैन । नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरुका सम्पूर्ण पाठ्यपुस्तकहरु कक्षाकोठामा भएको आ–आफ्ना लकरमा मिलाएर राखिने व्यवस्था मिलाइएको छ भने कक्षा ४ देखि ६ सम्मका विद्यार्थीका पाठ्यपुस्तकहरु घरमै लैजाने व्यवस्था गरिएको थियो । विद्यालयका प्राचार्य शर्माका अनुसार पठनपाठन स्मार्ट बोर्डमा, प्रयोगात्मक तरिकाबाट गराइन्छ भने विद्यार्थीले प्रत्येक विषयको विषयवस्तु बुझिसकेपछि कर्यपाना (वर्क सिट) मा गृहकार्य पठाइन्छ । सो कर्यपाना दैनिक चेकजाँच गरी उनीहरुकै फाइलमा राखिने व्यवस्था मिलाईएको स्कूल सम्बन्धी समाचार बीचमा सरेर कार्यापानामा गृहकार्य पठाउँदा विद्यार्थी स्वयम् खोज र अनुसन्धानमा लाग्ने, विषयवस्तु र यसको ज्ञानमा आत्मनिर्भर हुने र किताबी ज्ञानमात्र नभई विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने गरेको विश्वास स्कूलका प्राचार्य शर्माको भनाई छ ।

सो अवधारणा अनुसार पठनपाठन गराउँदा विद्यार्थीहरुले सरल र सजिलो तरिकाबाट सिक्ने, प्रयोगात्मक शिक्षणले विद्यार्थीहरुले विषयवस्तुको ज्ञान छिटो हासिल गर्ने, दैनिक किताबको भारी बोक्नु नपर्ने भएकोले स–साना विद्यार्थीहरु विद्यालय जान लालायित हुने गरेको शर्माले बताए ।

यसले शिक्षकहरुलाई पनि खोज र अनुसन्धानमुलक शिक्षणविधि अपनाउन मद्दत पुर्याएको भन्दै विद्यालयका प्राचार्य शर्माले आगामी शैक्षिक सत्रमा अन्य कक्षामा पनि सोहि अवधारणामा पठनपाठन गराउने तयारी भईरहेको जानकारी दिए । धेरै पुस्तक र ठूलो झोला बोकेर मात्र धेरै पढिन्छ भन्ने सोचलाई परिवर्तन गर्दै वैज्ञानिक विधि अनुसार सुरु गरिएको पठनपाठन निकै प्रभावकारी देखिएको शर्माको भनाई छ । यसले अभिभावकहरुलाई समेत मद्दत पुगेको विद्यालयले जनाएको छ ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*