एकै घरका ३ दिदिबहिनीको एउटै चिहान भयो गुल्मीमा नालिबेली हेर्नुहोस

Spread the love

 प्रकाश टन्डन (गुल्मी)

तिलक परियार । पेशा, टेलर पसल अर्थात् सिलाइबुनाइ । अहिले उनी गुल्मीको सदरमुकाम तम्घासमा ‘टेलर पसल साहुजी’ प्रख्यात छन् । टेलर पसल साहुजी बन्न र तम्घासमै पक्की घर बनाएर बस्न उनले थोरै संघर्ष गर्नुपरेन । र, संघर्षकै प्रतिफल आज उनी यो स्थानमा छन् । कपडा सिलाउने पुर्खेयौली पेशाबाटै गरिवी र अभावबाट उनले पाठ सिके ।

५ छोरीहरुमध्ये एउटी छोरीको विवाह भइ सकेको थियो । अन्य चार छोरीहरु पढ्दै र बाबुसँगै रम्दै, गफ गर्दै कपडा सिलाउने काम पनि सिक्दै थिए । तर, हिजो साँझ परिवारमा अचानक खुशीको दियो निभ्यो । निरन्तर वर्षा परिरहेको थियो । परिवार साँझको खान खाइवरी बिछ्यौनामा दिनभरको थकान मेटिरहेको थियो । बाहिर झरी भने झनै बेजोडले बर्सिरहेको थियो । परिवार मस्त निन्द्रामै भएको अवस्थामा आएको पहिरोले क्षणभरमै परिवारको खुशी खोसेर लग्यो । अहिले तिलक चिन्ताको गहिरो खाडलमा डुबेका छन् । तिलकलाई पसलमा काम सघाउने उनका ३ छोरी पहिरोमा पुरिएर प्राण त्यागे ।

पहिरोमा पुरिएर छोरीहरु भावना, गंगा र जमुनाको मृत्यु भएको छ । हिजो साँझ छोरी भावनाले बाबुलाई सघाएर पसलबाट घर फर्किएका थिए । साँझ खान खाइसकेपछि परिवारका सबै सदस्य मीठो निद्रामा परे । तर, उनीहरुलाई घर माथिबाट काल बनेर आएको पहिरो पत्तै भएन । मीठो निद्रामै तिलकबहादुर र उनी श्रीमतीले पहिरो आएको थाहा पाए । दुवै जना चिच्चाउँदै बाहिर निस्केर छोरीहरु सुत्ने कोठातिर दौडिए । कोठा पहिरोले पूरै पुरिएको थियो । २१ बर्षीया छोरी भावना, १४ बर्षीया दुई जुम्लिया छोरी गंगा र जमुना निर्जीब भइसकेका थिए । तर, १७ बर्षीया साईली छोरी सुजताको भने दुवैले ढुकढुकी भेटे । छिमेकी ईश्वर बिक भन्छन्–‘हाम्रो र उहाँहरुको घर दुई चार मिटरभन्दा धेरै टाढा छैन । राति ११ बजेर ४० मिनेटको कुरा हो । मुसलधारे पानीसँगै हाम्रो घरको अगाडी पनि पहिरो बग्दै थियो । अन्धकार भएकाले केहि देखिएन । पल्लो घरमा चिच्चाएको आवाज सुनिन्थ्यो । पछि थाहा भयो, सुजताबाहेक सबै छोरी पहिरोले पुरिएछन् । हामीले चाहे र पनि केही गर्न सकेनौँ ।’ सुजाता माध्यामिक तहको शिक्षा हाँसिल गर्दै बाबु सँगै कपडा सिलाउने गर्दै आएका थिए । दुई छोरी गंगा र जमुनाले तम्घासकै महेन्द्र नमुना माध्यामिक विद्यालय कक्षा ८ मा पढ्दै आएको शिक्षक रोम बिश्वकर्मा बताउँछन्।

पहिरोले पुरिएको घर देखि केही मिटरको दूरीमा प्रहरी कार्यालय छ । प्रहरीको कार्यालयदेखि केही दूरीमा नेपाली सेनाको ब्यारेक छ । राति आएको भीषण पहिरोले प्रहरी र सेनाले पनि ढिलै गरि सूचना पाएका थिए । पछि घटनास्थलमा आउँदा पहिरोमा शव पुरिसकेको थियो । पहिरोमा पुरिएको शव निकालियो । छोरीहरुको पहिरोमा मृत्यु भएपछि तिलक दम्पत्तिको आँखाबाट आँशुको भेल छुटिरहेको थियो । छिमेकीहरु दुवैलाई सम्झाई रहेका थिए । तिलकबहादुरको पुख्र्याैली घर गुल्मीदरवार गाउँपालिका–२ झिरबास हो । जहाँबाट उनी सरेर सदरमुकाम तम्घास (रेसुङ्गा नगरपालिका–८) का बासिन्दा हुन् । तम्घासकै थुम्का टोलमा घडेरी किनेर १२ वर्ष अघि एक तले पक्की घर बनाएर बसेका उनको घरबार अहिले पहिरोले उजाडिदिएको छ ।

वडाका वडाध्यक्ष भरत भलामीले सुरक्षित वस्तीमा उनीहरुलाई स्थानान्तरण गर्न कदम अघि बढाएको बताएका छन् ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*