एकै घरका ३ दिदिबहिनीको एउटै चिहान भयो गुल्मीमा नालिबेली हेर्नुहोस

Spread the love

 प्रकाश टन्डन (गुल्मी)

तिलक परियार । पेशा, टेलर पसल अर्थात् सिलाइबुनाइ । अहिले उनी गुल्मीको सदरमुकाम तम्घासमा ‘टेलर पसल साहुजी’ प्रख्यात छन् । टेलर पसल साहुजी बन्न र तम्घासमै पक्की घर बनाएर बस्न उनले थोरै संघर्ष गर्नुपरेन । र, संघर्षकै प्रतिफल आज उनी यो स्थानमा छन् । कपडा सिलाउने पुर्खेयौली पेशाबाटै गरिवी र अभावबाट उनले पाठ सिके ।

५ छोरीहरुमध्ये एउटी छोरीको विवाह भइ सकेको थियो । अन्य चार छोरीहरु पढ्दै र बाबुसँगै रम्दै, गफ गर्दै कपडा सिलाउने काम पनि सिक्दै थिए । तर, हिजो साँझ परिवारमा अचानक खुशीको दियो निभ्यो । निरन्तर वर्षा परिरहेको थियो । परिवार साँझको खान खाइवरी बिछ्यौनामा दिनभरको थकान मेटिरहेको थियो । बाहिर झरी भने झनै बेजोडले बर्सिरहेको थियो । परिवार मस्त निन्द्रामै भएको अवस्थामा आएको पहिरोले क्षणभरमै परिवारको खुशी खोसेर लग्यो । अहिले तिलक चिन्ताको गहिरो खाडलमा डुबेका छन् । तिलकलाई पसलमा काम सघाउने उनका ३ छोरी पहिरोमा पुरिएर प्राण त्यागे ।

पहिरोमा पुरिएर छोरीहरु भावना, गंगा र जमुनाको मृत्यु भएको छ । हिजो साँझ छोरी भावनाले बाबुलाई सघाएर पसलबाट घर फर्किएका थिए । साँझ खान खाइसकेपछि परिवारका सबै सदस्य मीठो निद्रामा परे । तर, उनीहरुलाई घर माथिबाट काल बनेर आएको पहिरो पत्तै भएन । मीठो निद्रामै तिलकबहादुर र उनी श्रीमतीले पहिरो आएको थाहा पाए । दुवै जना चिच्चाउँदै बाहिर निस्केर छोरीहरु सुत्ने कोठातिर दौडिए । कोठा पहिरोले पूरै पुरिएको थियो । २१ बर्षीया छोरी भावना, १४ बर्षीया दुई जुम्लिया छोरी गंगा र जमुना निर्जीब भइसकेका थिए । तर, १७ बर्षीया साईली छोरी सुजताको भने दुवैले ढुकढुकी भेटे । छिमेकी ईश्वर बिक भन्छन्–‘हाम्रो र उहाँहरुको घर दुई चार मिटरभन्दा धेरै टाढा छैन । राति ११ बजेर ४० मिनेटको कुरा हो । मुसलधारे पानीसँगै हाम्रो घरको अगाडी पनि पहिरो बग्दै थियो । अन्धकार भएकाले केहि देखिएन । पल्लो घरमा चिच्चाएको आवाज सुनिन्थ्यो । पछि थाहा भयो, सुजताबाहेक सबै छोरी पहिरोले पुरिएछन् । हामीले चाहे र पनि केही गर्न सकेनौँ ।’ सुजाता माध्यामिक तहको शिक्षा हाँसिल गर्दै बाबु सँगै कपडा सिलाउने गर्दै आएका थिए । दुई छोरी गंगा र जमुनाले तम्घासकै महेन्द्र नमुना माध्यामिक विद्यालय कक्षा ८ मा पढ्दै आएको शिक्षक रोम बिश्वकर्मा बताउँछन्।

पहिरोले पुरिएको घर देखि केही मिटरको दूरीमा प्रहरी कार्यालय छ । प्रहरीको कार्यालयदेखि केही दूरीमा नेपाली सेनाको ब्यारेक छ । राति आएको भीषण पहिरोले प्रहरी र सेनाले पनि ढिलै गरि सूचना पाएका थिए । पछि घटनास्थलमा आउँदा पहिरोमा शव पुरिसकेको थियो । पहिरोमा पुरिएको शव निकालियो । छोरीहरुको पहिरोमा मृत्यु भएपछि तिलक दम्पत्तिको आँखाबाट आँशुको भेल छुटिरहेको थियो । छिमेकीहरु दुवैलाई सम्झाई रहेका थिए । तिलकबहादुरको पुख्र्याैली घर गुल्मीदरवार गाउँपालिका–२ झिरबास हो । जहाँबाट उनी सरेर सदरमुकाम तम्घास (रेसुङ्गा नगरपालिका–८) का बासिन्दा हुन् । तम्घासकै थुम्का टोलमा घडेरी किनेर १२ वर्ष अघि एक तले पक्की घर बनाएर बसेका उनको घरबार अहिले पहिरोले उजाडिदिएको छ ।

वडाका वडाध्यक्ष भरत भलामीले सुरक्षित वस्तीमा उनीहरुलाई स्थानान्तरण गर्न कदम अघि बढाएको बताएका छन् ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*