बेरोजगारी समस्या अन्त्यका लागि एक घर एक रोजगारीको व्यवस्था गर्छुः फर्सुराम पाण्डे

Spread the love

आकाश सुवेदी (गुल्मी) ,कात्तिक २० गते,

गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रदेश ख बाट नेकपा एमालेका उम्मेदवार फर्सुराम पाण्डेले गुल्मीको विकास नयाँ भिजनका साथ गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले अहिलेसम्म परम्परागत रुपमा भैरहेको विकासले गुल्मीको आमूल परिवर्तन हुन नसकेको भन्दै आफू निर्वाचित भएपछि गुल्मीको विकासले नयाँ स्वरुप पाउने प्रतिवद्धता जनाउनु भयो । गुल्मीको मूख्य समस्या यहाँको बेरोजगारी रहेको बताउँदै पाण्डेले अव युवाहरुलाई रोजगारीमा जोड्न ‘एग्रो आर्मी’ को परिकल्पना अनुसार अघि बढ्ने बताउनु भयो ।

गुल्मी निर्वाचन क्षेत्र नं. १ ख अन्तर्गत छत्रकोट गाउँपालिकाको पल्लीकोट, हुँगा, बलेटक्सार लगायतका क्षेत्रमा घरदैलो गर्दै पाण्डेले मतदातासमक्ष कृषिमा आमूल परिवर्तन ल्याउन आर्मीको संरचना जस्तै युवाहरुको अलग कृषि बटालियन खडा गरेर कृषिमा आमूल परिवर्तन ल्याउने उद्घोष गर्नुभयो । पाण्डेले त्यसका लागि नयाँ भिजन ल्याउनु भएको छ । ‘ग्रामिण विकासको आधारः उत्पादन र बजार’ भन्ने नाराका साथ कृषिलाई उत्पादनसंग जोड्ने गरि प्रत्येक पालिकाका एक एकवटा उद्योगहरु स्थापना गर्ने प्रतिवद्धता जनाउनु भयो । मतदाताहरुसंग पाण्डेले अव विगतमा जस्तो भोट माग्न आउने र जितेपछि फर्केर नआउने विगतको परम्परा तोडिने विश्वास दिलाउँदै प्रत्येक घरका एकजनालाई रोजगारीमा जोडेरै छाड्ने उल्लेख गर्नुभयो । ग्रामिण बेरोजगारी अन्त्य आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट गर्दै पाण्डेले अव युवाहरुलाई रोजगारीमा जोडेर गुल्मीको सम्मृद्धिमा योगदान दिने जिकिर गर्नुभयो ।

पाण्डेले घरदैलो गर्दैगर्दा मतदाताले अहिलेसम्म गुल्मीको विकास कछुवा गतिमा भएको भन्दै पाण्डेले ल्याएको नयाँ सोँच र भिजनको प्रशंसा गर्ने गरेका छन । उहाँले युवालाई रोजगारी प्रदान गर्न विभिन्न सिपमूलक कार्यक्रम चलाउने प्रतिवद्धता जनाउँदै किसानले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारको पहुँचसम्म पुर्याउने प्रतिवद्धता समेत जनाउनु भयो । यसैवीच गुल्मी क्षेत्र नं. १ मा नेकपा एमालेले घरदैलो अभियान चलाएको छ । उम्मेदवारहरु मतदाताको घर घरमा पुगेर जनतासामु अव गुल्मीको विकासलाई नयाँ शिराबाट माथि उठाउने प्रतिवद्धता जनाउने गरेका छन ।

समाचार

गुल्मीका १४ बर्षिय रामु बेपत्ता भएपछी परिवारमा पीडा, खोजिदीन आग्रह

Spread the love

Spread the loveप्रकाश टन्डन (गुल्मी) १४ बर्षिय बेपत्ता रामु ज्ञावलीका दाजु सुमन ज्ञावली लेख्नुहुन्छ … सहयोगको लागि हृदयस्पर्शी पुकार: गुल्मी

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*