बुटवलमा मेयरलाइ मुक्का हान्ने युवालाइ एमाले ले मुद्दा नचलाउने

Spread the love
  • प्रकाश टन्डन

नेकपा एमालेले बुटवलका मेयर शिवराज सुवेदीलाई आक्रमण गर्ने अनेरास्ववियुका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ। नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना दुखद र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो।एमाले बुटवल नगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभावित ज्योतिनगरमा नगरप्रमुखमाथि भएको आक्रमणको निन्दा गरेका छन्।

‘घटना जसरी भयो, त्यो गलत छ। तर, यस घटनालाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं,’ उनले भने। उनले घटना नियोजित रूपमा भएको आशंका रहेको बताए। नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेपछि पार्टीभित्र पनि बहस सिर्जना गरेको छ। मेयर सुवेदीमाथिको आक्रमणलाई भने बुटवल उपमहानगरले नियोजित भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको थियो।

पहिरो निरीक्षणका लागि बुटवल-३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पङ्गेनीले मुक्का हानेका थिए। पंगेनीलाई सोमबार साँझ ७ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी पहिरो प्रभावित हुन्। ज्योतिनगर र लक्ष्मीनगरमा पहिरोले २ दर्जन घरमा क्षति पुगेको छ।

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*