बुटवल । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा सहयाेग हस्तान्तरण गरेकाे छ । संघठनले मानवसेवा आश्रम तिलाेक्तमा दैनिकी उपभाेग्य तथा खाद्यान्न वितरण गरेको छ । दैनिक उपभोग्य सामग्री र भित्ते पंखा गरि करीब २७,०००/- बराबर को सहयोग हस्तान्तरण गरिएकाे जनाएकाे छ। संस्थाकी अध्यक्ष उषा खत्रीको अध्यक्षता तथा तिलाेक्तमा नगरपालिकाका वडा नं ६ का अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । संस्थाका उपाध्यक्ष ढक बहादुर टण्डनकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव विकाश टण्डनले गर्नुभएकाे थियाे ।

चक्रपथ सरसफ़ाई अभियन्ता ग्रीन सिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा बाेल्दै टण्डनले हामीले हरेक हप्ता दुईदिन व्रत बस्दा जम्मा भएकाे रकम अनाथहरुलाई दान गरेमा पुन्य कमाईने पनि बताउनुभएकाे थियाे। कार्यक्रम मा बाेल्दै संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार हुमनाथ ज्ञवाली ज्यु २०७५ मा मेरै अध्यक्षतामा स्थापना भएको संस्था निरन्तर रूपमाँ स्थापना दिवसको अबसरमा आफू सक्दो सहयोग गर्दै आएको पनि बताउनु भएकाे थियाे। अध्यक्ष उषा खत्रीको अध्यक्षता तथा तिलाेतमा –६ का अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तिलाेत्तमा अबस्थित मानवसेवा आश्रममा दैनिक उपभोग्य सामग्री र भित्ते पंखा सामाग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा सल्लाहकार हुमनाथ ज्ञवाली, हेमलाल शर्मा भुसाल,गोबिन्द अर्याल,कर्ण बहादुर टण्डन,लक्ष्मण अर्याल, सबित्रा टण्डन,हिरा अर्याल ,मानब सेबा आश्रम रूपन्देही जिल्ला सम्योजक टिका थापा ज्यु, कार्यसमितिका पदाधिकारी ज्युहरु,वडा संयोजक ज्युहरु, आजीबन सदस्य ज्युहरुको उपस्थिति रहको थियाे । खाद्यान्न बितरण कार्यक्रममा सहयोग पुर्याउनु हुने सहयोगी दाताहरु राधिका सोमई,कमला थापा,रोमा भुसाल,जमुना थापा,हेमा कार्की,निरु कार्की,कृष्ण बहादुर टण्डन,धर्म बीर खत्री,भानु खत्री ज्यु हरुलाई पनि सस्थाकी अध्यक्ष उषा खत्रीले धन्यबाद पनि ब्यक्त गर्नुभएकाे थियाे । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवशकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल ब्लड बैंकमा सम्पन्न कार्यक्रममा ५७ युनिट रगत संकलनसगै रक्तदान गर्ने रक्तदातालाई कदर-पत्र प्रदान गरिएकाे संयोजक तथा सचिव विकाश टण्डनले जानकारी गराउनु भएकाे थियाे ।
