स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते हुँदै छ , मौन अबधि २७ गते राती १२ बजे देखि लागु भैसकेको छ , निर्वाचनको आचारसंहिता उल्लंघन गर्दै गुल्मीदरबार गाउँपालिका एमालेको तर्फबाट प्रमुख पदका उम्मेदरवार कृष्ण बहादुर भुसालले प्रयोग गर्ने गाडी बा १५ च १३२९ र प्र.३.०१.०२३ च ७९३० नम्बरको गाडि गुल्मीदरबार गाउँपालिका वडा नं. ६ हटियामा बैशाख २९ गते राती ३ बजे स्थानीयले मदिरा, र स्टिल रड सहित नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको चारपाला चौकी इन्चार्ज प्रहरी निरक्षक बिमल कार्कीले बताउनुभएको छ ।
मदिरा सेवन गरि सवारि चलाएको ,गाडिमा दुई बोत्तल बियर , र एक स्टिल रड भेट्यौ , नगद र अन्य धारिलो हतियार नभएको कार्किले बताउनुभयो । मतदाताहरुलाई प्रलोभनमा पारी निर्वाचनलाई प्रभाव पार्नको लागि आचारसंहिता उल्लंघन गरेर टोल टोलमा आएको हुन सक्ने स्थानिएले बताएका छन ।
युवासंघ गुल्मीदरबारका अध्यक्ष विरबहादुर कार्की, युवा संघ जिल्ला सहसचिब बिबस ठकुरी, कार्यकर्ताहरु पवन ठकुरी र विकल्प ठकुरी सहित दुई गाडी नियन्त्रणमा लिई स्थानीयले प्रहरीको जिम्मामा लगाएका छन् । चौकी इन्चार्ज बिमल कार्किले भन्नुभयो ,घटना स्थलमा बुद्दिजिबी तथा समाजसेबि हुनुहुन्थ्यो घटनास्थल सान्त थियो कुनै होहल्ला , झै झगडा तथा मानवीय क्षती भएको छैन ।
Be the first to comment