पत्रकारका नाममा बिज्ञापनको लुट

Spread the love

स्थानीय सरकार बने पछि जिल्लाको सुचिकृत सक्रिय पत्रकार हुनै परेन ।त्यो पनि छाडौ उसले कुनै पनि मिडियामा काम पनि गर्नै परेन । सघियता लागू नहुनु अघि सम्म सबिक जिल्ला बिकास समिती देखि हरेक कार्यालयहरुले जिल्लामा सुचिकृत सकृय पत्रकारहरूलाई मात्र सुचनाहरु आलोपालो दिने गर्दथे । जब स्थानिय तहको निर्बाचन भयो तब आफुले चिने जानेका दाइ भाइ भिनाजु, काका काकी र मामाहरु सरकार प्रमुख, उपप्रखु भए । अझ उनिहरु आफ्नै पार्टिको नेता समेत भए । त्यस पछि सुरु हुन थाल्यो बिज्ञापनको लुट । बिज्ञापन मात्र हो र ? भिडियो डकुमेन्ट्रीका नाममा पहिलो बर्ष मै जिल्ला बाहिरका छट्टुहरुले कतिपय पालिकाहरुलाइ पाँच लाख सम्मको मुर्गा बनाए । त्यस पछि क्यालेन्डर छपाइका नाममा विभिन्न दलका सङ्ग्ठनको सकृयता बढन थाल्यो । आर्थिक बर्षको अन्त्यतिर असारे पत्रिकाहरु बुटवलमा निक्लन थाले । पुराना र आधिकारिक पत्रिका र पत्रकारहरु ओठ मुख सुकाउने अबस्थाको सिर्जना गरेर लुट तन्त्र हावी हुँदा पनि स्थानिय सरकारका जिम्मेवार कर्मचारीहरुल्रे भटाभट बिल पास गरि दिए । दोस्रो बर्ष सुरु भयो । बल्ल केही सचेत हुन थाले र पनि लुटि खान पल्केकाहरुको निरन्तर दवाव चलिनै रहेको पालिकाका केही कर्मचारीहरु बताउछन । त्यस्तै मिडियाका डेक्सबाटै स्थानिय आफ्ना प्रतिनिधिको अधिकारलाइ हस्तक्षेप गर्दै पालिकाका संबंधितहरुलाइ कमिशन दिएर बिज्ञापन छपाएको समेत जिल्लामा कृयाशिल पत्रकारहरुको गुनासो न सुनिएको होइन । पछिल्लो चरण युटुभमा भाइरल हुनका लागि समेत पैसा खर्च गरेको पाइएको छ । युटुभमा अन्तरबार्ता वा कुनै सामग्री बनाएर पोस्ट गर्ने , त्यसको केही समय पछि टन्न रकमको बिल बनाएर पेश गर्ने गरे पछि कुनै समय नौतुनाका साइली माइलिहरुको चरित्र जस्तै बन्यो र पालिकाहरु बल्ल पाँचौं बर्षमा आइ पुग्दा सचेत हुन थालेका छ्न । फलस्वरूप त्यस्तो लुटको अन्त्य गर्न गुल्मीको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बिहिवार बिज्ञप्ती निकाल्न बाध्य भएका छ्न । कार्य क्षेत्र भन्दा बाहिरका सन्चारकर्मीलाई बिज्ञापन दिदा जिल्लाका कृयाशिल सन्चारकर्मिहरु मारमा परेका छ्न ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*