गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको साधारण सभा तथा बन्भोज कार्यक्रम सम्पन्न

Spread the love

रुपन्देही ।  सहाराबिहिनहरुको साहारा बन्दै आएको संस्था गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको पाचौं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश सांसद धनेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, नवलपरासी जिल्ला पश्चिम बर्दघाटका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको विशिष्ट आतिथ्यता रहेको समाजकी अध्यक्ष उषा खत्रीले जानकारी दिनुभयो ।

सो अवसरमा गुल्मी दरबार गाउँपालिकाबाट सहभागी जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, विभिन्न सघ संस्थाका प्रतिनिधि , मीराकोषका अध्यक्ष, संस्थाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार, कलाकारहरू, कार्यसमितिका पदाधिकारी, विभिन्न वडाका संयोजक, आजिवन सदस्य, साधारण सदस्य लगायतको उत्साहपूर्ण सहभागिता रहेको थियो । सोही अवसरमा संस्थालाई योगदान पुर्याउनु भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । संस्थाकि अध्यक्ष खत्रीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष ढक बहादुर टण्डनको स्वागत तथा सचिव विकास टण्डनको सञ्चालन रहेको थियो । सोहि अवसरमा मृगौला पीडित मिलन लाङटाङे रू .१० हजार १ सय सहयोग गरिएको थियो ।

२०७५ सालमा स्थापना भएको सो संस्थामा आजीवन र साधारण सदस्य गरि २ सय ४४ जना रहेका छन् । अध्यक्ष खत्रीका अनुसार साधारण सभामा २०७५ सालमा स्थापना भएको संस्थाको साधारण सभामा रू.११ लाख १४ हजार ९ सय ८४ रूपैयाको आय-व्यय बिवरण प्रस्तुत गरिएको थियो ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*