औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र  जिल्ला साधारणसभा तम्घासमा  सम्पन्न

Spread the love

 राम कृष्ण कंडेल बैशाख २९ गुल्मी 

नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रदेश स्तरीय पुर्ण  बैठक गुल्मीको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गा यज्ञशालामा शुक्रबार साझ सम्पन्न भएको छ । प्रदेश कार्यसमिति अध्यक्ष लुकराज न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा  प्रमुख अतिथि एवम्  रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले प्रदेश स्तरीय बैठक नेपाल कै धार्मिक , पर्यटकीय ऐतिहासिक स्थान  रेसुङ्गा तपोभुमिमा स्वागत गर्न पाँउदा आफू अत्यन्तै हर्षित भएको र  आफूले विकासका कामहरू मध्ये  स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदै   उल्लेखनीय प्रगति गरेको उदाहरण बताउँदै गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा, मृगौला डाइलाइसिस सेवा लगायतका थुप्रै  सेवा सुचारु गरेको  र निकट भविष्यमा थप सेवा बिस्तार गर्ने योजनाका साथ अघि बढिसकेको बताउदै औषधि व्यवसायीका  समस्या समाधानमा आफू सधै साथमा रहेको बताउनु भएको थियो । तेस्तै शनिबार नेपाल औषधि व्यवसायी संघ गुल्मी शाखाको नवौं साधारणसभा तम्घास गुल्मीमा सम्पन्न भएको छ ।

नवनिर्मित रेसुङ्गा नगरपालिका ७ साखिनडाडामा गुल्मी जिल्ला शाखा अध्यक्ष फर्शुराम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औषधि व्यवसायी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपानेको बिशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बिगतमा औषधि ब्यवसायमा लागि योगदान पुर्याउनु भएका अग्रज औषधि व्यवसायी तथा जेष्ठ नागरिकहरु चिरञ्जीवी भण्डारी ,गोविन्द भक्त पौडेल , पुर्ण बहादुर राना , देव बहादुर बुढाथोकी र हरि प्रसाद पोख्रेल गरि पाँच जनालाई  दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको छ । गुल्मी जिल्ला वरिष्ठ उपाध्यक्ष पार्वता थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा लुम्बिनी  प्रदेश पुर्व अध्यक्ष शिव ज्ञवाली आफ्नै भवनमा साधारणसभा गर्न पाउनु  अग्रजहरुको देन र बर्तमान समितिको सक्रियता  रहेको बताउनुभएको थियो । साथै ज्ञवालीले औषधि व्यवसायीहरुमा रहेका अप्ठेरोहरु तथा चुनौती हरुलाई मिलेर समाधान गर्नुपर्ने बताउनु भएको थियो ।

बिशिस्ट अतिथी लुकराज न्यौपानेले शुभकामना मन्तव्य राख्दै गुल्मी जिल्ला कार्यसमितिले लुम्बिनी प्रदेशभरका सम्पुर्ण जिल्लाहरुको प्रतिनिधित्व गराएकोमा गुल्मी जिल्ला कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै व्यवसायीका समस्या समाधान गर्न जिल्ला, प्रदेश र  केन्द्रिय समिती संघ मिलेर अघि बढिरहेको बताउनु भयो ।  प्रमुख अतिथि खरेलले शुभकामना मन्तव्य राख्दै  गुल्मी जिल्लामा भवन  निर्माण  सम्पन्न गर्ने सम्पुर्ण कार्यसमिति तथा व्यवसायीहरुलाई धन्यवाद दिनुभएको थियो । जिल्ला सक्रिय भयो भने मात्रै प्रदेश र केन्द्र मजबुत हुने बताउँदै औषधि व्यवसायी भनेको  अन्य व्यवसाय जस्तो सजिलो नभएको र  अत्यन्तै संवेदनशिल व्यवसाय भएको हुँदा सम्पुर्ण व्यवसायीहरुले आफ्नो व्यवसाय प्रती गर्व महसुस गर्दै   सजकता अपनाउनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा  औषधि व्यवसायी संघ पाल्पा जिल्ला कार्यसमितिको तर्फबाट पाल्पा जिल्ला अध्यक्ष विष्णु केसीले  गुल्मी जिल्लाको संघको भवन निर्माणकार्यको लागि सहयोग स्वरुप नगद रु अठार हजार बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको संचालन तथा प्रगति प्रतिवेदन प्रस्तुत  महासचिव श्रीकृष्ण भट्टराईले गर्नुभएको थियो ।  बन्दसत्रमा कोषाध्यक्ष अनन्तराज अधिकारीले  २९ लाख   बराबरको आय ब्यय प्रतुत गर्नुभएको थियो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*