हेफर प्रोजेक्ट नेपालद्धारा गुल्मीदरबारको एक महिला सहकारीलाई बोलेरो जिप हस्तान्तरण ।

Spread the love

रामकृष्ण कडेल, साउन २ गुल्मी   गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको ठुलोपोखरा महिला बहुउद्देश्यीय सहकारी संंस्थालाई हेफर प्रोजेक्टले गाडी हस्तान्तरण गरेको छ ।
कृषि सहकारीको सदस्यहरुले उत्पादन गर्ने तरकारी कृषि उपज ढुवानी गर्न सहज वनाउने उद्धेश्यले गाडी खरिद गर्न एकमुष्ट ५०% आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकम बाट महिन्द्रा बोलेरो पिकअप क्याम्पर एस.सि फोर ह्विल डि. सिङ्गल क्याविन खरिद गरि सहकारीको व्यवस्थापनलाई हस्तान्तरण गरेको हो । चारपाला र यस आसपासका क्षेत्रको कृषि जन्य उत्पादनको उत्पादकत्व वृद्धि भइ वजार पहुँच वढ्ने र सहकारीको सदस्यहरुको आयस्तर वृद्धि गराउन सहकारीको विशेष भुमिका रहने र आजैको मितीबाट सो गाडी सहकारीकै पुर्ण स्वामित्वमा रहने जनाइएको छ ।हेफर प्रोजेक्टले देशको विभिन्न जिल्लामा काम गरिरहेको छ ।    गुल्मीदरबार गाउँपालिका भित्र रहेको उक्त महिला सहकारीले कृषि र पशु जन्य उत्पादनको वजारको पहुचसम्म पु¥याउन गाडी सहयोग पाउनु भनेको गाउँपालिकाकै उपलब्धी भएको कार्यक्रममका प्रमुख अतिथी तथा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज थापाले वताउनुभयो । कार्यक्रममा बोल्दै थापाले यसलाई जुन उद्धेश्यको प्रयोजनका लागी ल्याइएको त्यसैमा प्रयोग गर्नुपर्ने, व्यक्तिगत प्रयोजन तथा गलत नियतले प्रयोग नगर्ने र यसको अनुगमन सदैव गाउँपालिकाले गर्ने कुरा पनि कार्यक्रममा वताउनुभएको थियो । त्यस्तैगरि यो सफलता सँगै चुनौती र जिम्मेवारी पनि थपिएको र यसलाई इमान्दारिताका साथ निरन्तर प्रयास गरे सुखी र समृद्ध गाउँपालिका बनाउने लक्ष्य हासिल गर्ने समेत वताउनुभयो । सोहि कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका वित्तीय पहुँच अधिकृत नरेश सिह धामीले ठुलोपोखरा महिला बहुउद्देश्यीय सहकारीले एउटा अवसर तथा उपलब्धी हासिल गरेको छ ,यसलाई वचाइराख्न र यसको प्रयोगबाट समुदायका सदस्यहरुले प्रत्यक्ष लाभ लिन सक्ने वताउनुभयो । गुल्मीदरबार गाउँपालिका र हेफर प्रोजेक्टको साझेदारी नवप्रभात युवा सघ गुल्मीको सामाजिक परिचालनमा कृषि तथा पशु उद्दमशिलता विकास परियोजना अन्तरगत गाउँपालिकाका महिला सशक्तीकरण वित्तीय पहुँच ,कृषि तथा पशुपन्छी उद्दमशिलताका अन्य कार्यक्रमहरु पनि संचालन भैरहेका छ्न । कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका कानुनी सल्लाहकार हरि प्रसाद अर्याल ,वडा नम्बर ७ का वडाध्यक्ष शालिकराम टण्डन , परियोजना सम्योजक हरिकृष्ण बि क , नवप्रभात युवा सघका कार्यक्रम फोकल प्रशन धातानन्द भुषाल लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो । शुभकामना मन्तव्य दिदै वक्त्ताहरुले यो कार्यक्रम ल्याउन विशेष योगदान गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र निवर्तमान उपाध्यक्ष मिना भण्डारीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । सहकारी अध्यक्ष बिष्णु बस्नेत खत्रीको अध्यक्षता , सल्लाहकार तुल्सा अर्यालको स्वागत र सहकारी ब्यवस्थापक कल्पना उपाध्यायको सन्चालन रहेको कार्यक्रममा जनप्रतिनिधिहरु , सहकारीका सञ्चालक समितीका पधादिकारीहरु, शेयर सदस्य लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*