गुल्मीमै पहिलो पटक कुपोषणको लागि बहिरङ्ग उपचार केन्द्र ( OTC) स्थापना

Spread the love

 रामकृष्ण कडेल , असार ४ गुल्मी 

एकीकृत बालरोग ब्यबस्थापन सम्बन्धी शिघ्र कुपोषणको लागि बहिरङ्ग उपचार सेवा गुल्निदरबार गाउपालिकाको गौडाकोट स्वास्थ्य चौकिमा शुभारम्भ भएको छ । शुक्रबार एक समारोहका बिच गुल्मिदरबार गाउपालिकाका अध्यक्ष सरोज कुमार थापाले २ जना कुपोषित बच्चालाइ RUTF प्रदान गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो । उदघाटन मन्तब्य राख्दै अध्यक्ष थापाले स्वास्थ्य र पोषणको लागि गाउपालिकाले उच्च प्राथमिकताका साथ कार्यक्रम ल्याउने जनाउदै मोटरबाटो, खानेपानी लगायतका पुर्बाधार मात्र नभई स्वास्थ्य,शिक्षा,कृषि,पशु लगायतका सेवाको बिस्तार गर्नु नै वास्तविक बिकास भएको औल्याउनुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय गुल्मिका प्रमुख पशुपती आचार्यले स्वास्थ्य तथा पोषणको क्षेत्रमा गुल्मिदरबार गाउपालिकाले नबिनतम कार्यक्रमहरु सन्चालन गरि देशमै उदाहरणिय बनेको जनाउनुभयो । कार्यक्रममा बोल्दै सुआहारा गुल्मिका पोषण अधिकृत लिल बहादुर नेपालिले गुल्मीदरवार गाउपालिकाका स्वास्थ्य तथा पोषण् सम्बन्धी कार्यक्रमहरु सबैको लागि नमुना बनेको बताउनुभएको थियो । अति शिघ्र कुपोषणको उपचारको लागि गुल्मी जिल्लामै पहिलो पटक यो सेवाको सुरुवात गरिएको छ | सेवा सुरु हुनुपुर्ब गुल्मी जिल्लाका कुपोषित बच्चाहरुको उपचारको लागि सेवा लिन पाल्पा र बुटबल जानुपर्ने बाध्यता थियो ।

उदघाटन कार्यक्रममा ,जनप्रतिनिधी,स्वास्थ्यकर्मी, स्वास्थ्य चौकी सन्चालन तथा ब्यबस्थापन समितिका पदाधिकारिहरु , महिला सामुदायिक स्वास्थ्य स्वायमसेविका , सेवाग्राही लगायत उपस्थिती रहेको थियो | गुल्मिदरबार गाउपालिकाका वडा न ३ का अध्यक्ष राम बहादुर थापाको अध्यक्षता,गाउपालिका अध्यक्ष सरोज कुमार थापाको प्रमुख आतिथ्यता,उपाध्यक्ष तारा थापा र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपती आचार्य विशिष्ट अतिथी रहेको उक्त कार्यक्रममा गौडाकोट स्वास्थ्य चौकिका प्रमुख भेषराज पाण्डेको स्वागत मन्तब्य र कार्यक्रमको सहजिकरण गुल्मिदरबार गाउपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्नुभएको थियो ।

 

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*