लोक गाएक बिष्णु खत्री प्रतिष्ठानको चुनाबमा नउठने घोषणा , भन्छन अग्रजको सम्मान भएन

Spread the love

बिष्णु खत्री लेख्छन : आदरणीय लाेक संगीतप्रमी बुवा आमा दाजुभाई तथा दिदीबहिनीहरु,प्यारा शुभचिन्तक एवं ईष्टमित्रजन सम्पूर्णमा सादर नमस्कार🙏।यतिबेला राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालकाे महाधिवेशन नजिकिँदै गर्दा धेरैले मेराे उमेदवारीबारे चिन्ता र चासाे ब्यक्त गरिरहनु भएकाे छ।संस्थामा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिब र एक कार्यकाल महासचिब पदमा रहि आफ्नाे भुमिका निर्वाह गर्ने अवसर पाएकाे थिएँ।संस्थागत सिकाई र अनुभवकाे आधारमा कलाकारहरुकाे हकहितका लागि केहि गर्ने साेंचले लगातार अध्यक्ष पदका लागि मैदानमा उत्रिएकाे म उमेरकाे उर्जाशिल समय संस्थालाइ हुर्काउन बढाउनकै निम्ति घरपरिवार भन्दा संस्थालाई शिरमा राखेर आर्थिक,भाैतिक, नैतिक र सांस्कृतिक रुपले त्याग र समर्पण गरेकाेले पनि एकचाेटी संस्थाकाे नेतृत्व लिएर कलाकार र कलाकारिता जगतकाे उत्थानका लागि केहि गर्ने दृढ साेंच संकल्प र अठाेट लिएकाे थिएँ तर मेराे उक्त याेजना माथि बज्रपात हुन पुग्याे।संस्था आफैमा पबित्र र निर्दाेष हुन्छ।दुख, मिहेनत र पसिना बगाएकाे संस्थाकाे असाध्यै माया लाग्दाे रहेछ। संस्था बाहिर रहँदा पनि संस्थागत तवरबाट कुनै भुमिकामा रहेर काम गर्ने अवसर पनि प्राप्त हुन सकेन।यसपालि भने अग्रज कलाकारबाट नेतृत्वमा आउन म प्रति केहि सदभाव रहन्छकी भन्ने झिनाे आशा राखेकाे थिएँ तर बिडम्बना याे साैभाग्य पनि प्राप्त गर्न सकिन नत अनुजलेनै अग्रजकाे सम्मान गरेर भुमिका दिने कुनै मनसाय देखियाे।संस्थाकाे नाराले मलाईनै गिज्याएकाे अनुभूति भयाे।अब फेरि अनुज भाईबैनी सँग चुनाबी प्रतिस्पर्धामा हाेमिनु शाभनिय नहुने र मेराे नैतिकताले पनि यसाे गर्नु उचित नहुने मेराे ठम्याई छ।बिगतमा मलाई नेतृत्वमा देख्न चाहेर स्वदेश तथा बिदेशबाट संस्थाकाे प्रतिनिधिकाे रुपमा आई मलाई आफ्नाे अमूल्य मत दिएर जितकाे ढाेकामै पुर्याउनु हुने भगवानरुपी प्यारा शुभचिन्तक प्रति आत्मैदेखि उच्च काेटिकाे सम्मान टक्राउँदै ढाेकाबाट छिर्नै नदिने पालेदाईकाे पनि सदा राम्रो मात्रै खबर सुन्न पाईयाेस भन्ने कामनाका साथ अब कहिल्यै प्रतिष्ठानकाे ढाेका ढकढकाउन नआउने निर्णय गरी आजैकाे मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाकाे यात्रामा पूर्णबिराम लगाएकाे कुरा दुखका साथ अबगत गराउन चाहन्छु। कलाकारकाे हकहितकाे मुद्दामा र संस्कृतिकाे जगेर्नार्थ कतै भेटिने अवसर मिल्याे भने संगै सहयात्री रुपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु। मैले जस्ताे अपमान र तिरस्कार संस्थामा आईन्दा कुनैपनि भाईबैनीले सहन नपराेस भन्दै आउँदै गरेकाे महाधिवेशनकाे मतगणना स्थलमा बत्ती निभ्ने झंझटबाट मुक्त भई छनाेट हुनु हुने नयाँ नेतृत्वलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। कलाकारिता र संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीहरुलाई हाम्ले तय गर्न लागेकाे नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेकाे प्रतिभा, क्षमता,दक्षता, बिज्ञता र अनुभव सहित हातेमालाे गर्न आउनुहुन हार्दिक अपिल गर्दै स्वागत गर्न चाहन्छाैं।धन्यवाद।जय संस्कृति।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*