लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Spread the love

बुटवल

लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बुटवल स्थित क्यानन माध्यमिक बिद्यालय कक्षा १२ मा अध्ययनरत करिब १५० जना भन्दा बढी विद्यार्थीहरुलाइ ट्राफिक सचेतना प्रदान गरिएको हो । लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष आविष्कार खनालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रक ३२५ पि का डिष्ट्रक गभर्नर एमजेफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता , डिष्ट्रक ३२५ पि का प्रथम भिडिजि एमजेफ लायन बालाराम भट्टराई , द्वितीय भिडिजि एमजेफ लायन सन्दिप कशौधन , क्यानन माध्यमिक बिद्यालयका प्राचार्य शंकर भण्डारीको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डेले ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण श्रब्य दृश्यको माध्यमबाट प्रदान गरेकि थिइन भने ट्राफिक प्रहरी जवान प्रविन कुवरले सहजीकरणमा सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि बिद्यालयका प्राचार्य शंकर भण्डारीले लायन्स क्लब अफ बुटवल क्षितिजले क्यानन माबिका विद्यार्थीलाइ लक्षित गरि ट्राफिक सचेतना जस्तो महत्त्वपूर्ण कार्यक्रम आफ्नो बिद्यालयमा गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रक ३२५ पि का डिष्ट्रक गभर्नर एमजेफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ बुटवल क्षितिजले बिगत देखि नै समाजको आवश्यकताको आधारमा समय सापेक्ष कार्यक्रमहरुको आयोजना गर्दै आएको र ट्राफिक सचेतना पनि बिद्यार्थीहरुका लागि निकै आवश्यक र महत्त्वपूर्ण कार्यक्रम रहेको भन्दै विद्यार्थीहरुलाइ कार्यक्रम बाट आफुले सिकेको कुरा आफ्नो घर परिवार समाज र आफ्ना साथीहरू सम्म फैलाउन आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा लायन्स डिष्ट्रक ३२५ पि का जिएलटि कोर्डिनेटर आशिष कृष्ण श्रेष्ठ , डिस्ट्रिक्ट डेपुटी चिप एवं क्लबका पुर्ब अध्यक्ष नारायण थापा एरिया ३ का एरिया चिफ शान्ति पाठक पाण्डे , कलस्टर चिफ रोमनाथ ढकाल , रिजन चेयर बैकुण्ठ श्रेष्ठ , लायन्स क्लब अफ बुटवल क्षितिजका निवर्तमान अध्यक्ष धुर्ब कुमार शर्मा, तृतीय उपाध्यक्ष गुप्त पुन लगायतको उपस्थिति रहेको थियो । क्लबका सह सचीव एवं ट्राफिक सचेतना कार्यक्रम संयोजक पवन बस्यालको स्वागत , सह- कोषाध्यक्ष केशव प्रसाद खनालको झण्डाको अभिवादन र क्लबका सचीव प्रदिप गुप्ताको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*