सत्तामा रहनु ठूलो कुरा हैन जनताको माझमा रहनु ठूलो कुरा हो : सुसिला पुन

Spread the love

प्रकाश टन्डन (गुल्मी)

स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदै छ । गुल्मी दरबार गाउपालिकामा प्रमुख पदका लागि ने.क.पा एमाले ले पनि आफ्ना उम्मेदवार दर्ता गराएको छ जसमध्य प्रमुखमा कृष्ण भुसाल र उप-प्रमुखमा सुसिला पुन । चुनाब नजिकिदै गर्दा ने.क.पा एमाले पनि घर दैलो कार्यक्रममा ब्यस्त छ । यस्तै स्थानीय तहको पहिलो निर्वाचनमा पनि सुसिला पुन एमालेकै तर्फबाट उप प्रमुख पदमा नेपाली काङ्ग्रेसकि नेत्री मिना भन्डारी सङ्ग पराजित हुनुभएको थियो भने पुन दोस्रो निर्वाचनमा पनि उप प्रमुखमा आफ्नो उम्मेदवार दर्ता गराउनुभएको छ ।

सुसिला पुनले सत्तामा रहनुभन्दा जनताको माझमा रहनु ठूलो कुरा रहेको बताउनुभएको छ सामाजिक संजाललमा सुसिला पुन लेख्नुहुन्छ

आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरु नमस्कार तथा अभिवादन । म शुशिला पुन गुल्मीदरबार गाँउपालिकाको उपप्रमुख पदमा उमेद्वार । यस अघिको स्थानीय निर्वाचनमा पनि उप प्रमुखकै पदमा मिना भण्डारीसँग पराजित भएतापनि, जनताको काम र सेवामा कुनै कसर नराखेको सर्वविदितै छ । गाँउपालिकाको सत्ताको कुर्सी सम्हाल्न नपाएपनि प्रतिपक्षमा रहेर सधैँ जनताको गुनासो, विकाश निर्माण, भैपरि आएका समस्यासँग जुध्न कहिल्यै पछि परेकी छैन् । जसको मुल्यांकन हजुरहरु स्वयं आँफैले गरिरहनुभएको छ, गर्नुहोला । करिब पाँच बर्ष प्रतिपक्षको भूमिकामा रहेपनि जनताको सबैभन्दा नजिक रहेर उहाँहरुको दुःख, समस्या तथा भावनालाई गहिरो ढंगले बुझ्ने मौका पाएकी छु । समाजको विकास, समन्वयन तथा, समृद्घलाई कसरी सफल बनाउन सकिन्छ भन्ने कुरालाई मसिनो तवरले अध्ययन तथा अनुसन्धान गरेकी छु । यसपाली अघिल्लो चुनावदेखि आजसम्म बटुलेको अनुभव र भोगेको भोगाइले मलाई अझैधेरै उर्जावान बनाएको छ । सत्तामा रहनु नरहनु ठूलो कुरा होइन रहेछ जनताको माझमा रहनु ठूलो कुरा रहेछ। यो समय मैले जनतासँग बिताउन पाए र त्यहीँ जनताले फेरि उमेद्वार बन्नका लागि उत्प्रेरित गरेकाले चुनावी मैदानमा पुनः होमीएको छु। तपाईको साथ सहयोगको अपेक्षा सहित्।

शुशिला पुन उपप्रमुखको उमेद्वार गुल्मीदरबार गाँउपालिका तथा नेकपा एमाले गुल्मी जिल्ला कमिटी सदस्य

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*