युवा स्वरोजगारद्वारा ६०% ब्याज अनुदान कार्यक्रम सम्पन्न , किसान हर्षीत

Spread the love

प्रकाश टन्डन (गुल्मी)

श्री नवदुर्गा कृषि सहकारी संस्था लिमिटेड गुल्मी दरबार ३ गौडाकोटको आयोजनामा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषद्वारा ६० प्रतिशत ब्याज अनुदान बितरण कार्यक्रम सम्पन्न गरेको छ । यहि असार ८ गते सम्चालन भएको कार्यक्रममा सभाध्यक्ष प्रेम बहादुर घिमिरे प्रमुख अतिथी गुल्मी दरबार गाउपालिका उपाध्यक्ष तारा थापा , विशेष अतिथी गुल्मी दरबार गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम बहादुर थापा अतिथिहरुमा युवा तथा साना ब्यवसायी स्वरोजगार संयोजक जीवन ज्ञवाली ,खुम बहादुर पल्ली , लक्ष्मी भुसाल , ठग बहादुर कार्की लगायतको सहभागिता रहेको थियो भने स्वागत मन्तव्य मार्फत उपस्थितलाई लिला थापाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रम प्रमुख अतिथी तारा थापाले किसानको हक हितका लागि सदैव काम गर्ने र किसानको आवाज बुलन्द पार्ने साथै श्री नवदुर्गा सहकारी संस्थाले पनि किसानलाई प्राथमिकता राखेर आगमी   दिनमा काम गर्ने बताउनुभएको थियो । त्यस्तै गुल्मी दरबार गाउपालिका वडा नम्बर ३ का वडाअध्यक्ष राम बहादुर थापाले किसानको हक हितको लागि विशेष प्राथमिकता दिएर काम गर्ने बताउनुभएको थियो ।  युवा तथा साना ब्यवसायी स्वरोजगार असुली सहजकर्ता जीवन ज्ञवालीले नवदुर्गा सहकारी सस्था लिमिटेड बाट ३५ लाख लगानी गरि ३८ जना ब्यवसायीहरुलाई ३,४७४३०.९९ बराबरको रकम किसानहरुलाइ ब्याज अनुदान दिएको बताउनुभएको छ । यो कार्यक्रम गुल्मी दरबार गाउपालिकामै पहिलो कार्यक्रम रहेको र किसानलाई लक्षीत गरि आगामी दिनमा पनि विभिन्न कार्यक्रम सन्चालन गर्ने समेत ज्ञवालीले बताउनुभएको छ ।

कार्यक्रममा सहभागी किसानहरुले श्री नव दुर्गा कृषि सहकारी संस्था लिमिटेड बाट कर्जा लगेर कृषिमा लगानी गरि राम्रो आम्दानी गरेर कर्जा तिर्न सहज भएको र ब्याज अनुदान कार्यक्रमले आगामी दिनमा कृषि गर्न हौसला मिलेको किसानहरुले बताएका छन ।युवा तथा खेल्कुद मन्त्रालयको युवा तथा साना ब्यवसायी स्वरोजगार कोष र श्री नव दुर्गा कृषि सहकारी संस्था लिमिटेडले किसानलाइ जिबिका चलाउन सहयोग गरेकोमा सहभागीले धन्यवाद दिएका छन । कार्यक्रम सन्चालन नवीन कुमार रजालीले गरेका थिए ।

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न भएको छ

समाचार

नौमति पन्चेबाजा सहित स्तनपायी आमालाइ सम्मान गर्दै स्तनपान सप्ताह शुभारम्

Spread the love

Spread the love  राम कृष्ण कंडेल , श्रावण १८ गुल्मी । गुल्मीदरबार गाउँपालिकाले विश्व स्तनपान सप्ताहको सुभारम्भ एक भब्य समारोहका

समाचार

लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveबुटवल लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बुटवल स्थित क्यानन माध्यमिक

समाचार

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको २२ औ पदस्थापन समारोह सम्पन्न

Spread the love

Spread the love बुटवल रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको २२ औ पदस्थापन समारोह सम्पन्न भएको छ।  बुटवल डाउनटाउन वर्ष २०२३

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*