फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

केविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​ क्रियसन नेपालद्धारा आयोजित तामाङ समूदायका बालबालिकाहरुको प्रतियोगितामुलक सौन्दर्य प्रतियोगिता फेस अफ तामाङ किड्स दोस्रो संस्करण २०२५ को उपाधी केबिक तामाङ र सरलिन तामाङले जितेका छन् । साउन १७ गते सुकेधारा स्थित नवदुर्ग ब्याङ्कुमा आयोजित फिनाले कार्यक्रममा अन्य दश प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले क्रमश बालक र बालिकातर्फ शिर्ष स्थान हासिल गर्दै फेस अफ तामाङ किड्स तामाङ्को उपाधी जितेका हुन् । प्रतियोगिता अन्तर्गत बालकतर्फ प्रतिस्पर्धामा फुर्बा तामाङ फस्र्ट रनर अप र दिप्सन तामाङ् सेकेण्ड रनर अप बन्न सफल रहे भने बालिकातर्फ सेलिना मोक्तान लामा फस्र्ट रनर अप र सोनाम डोल्मा पाख्रिन तामाङ सेकेण्ड रनर अप बन्न सफल रहे । फेस अफ तामाङ किड्सका सहभागीले करिब १ महिना रोजिन शाक्यको फेसन कोरियोग्राफी र डान्स डाईरेक्टर एमबि गुरुङ र डम्फु सम्बन्धी प्रशिक्षण संजीव तामाङ पुङदिला च्याङ्बा र तामाङ भाषा सम्बन्धी बिना लामाबाट प्रशिक्षण हासिल गरेपस्चात अन्तिम प्रतिस्पर्धामा भिडेका थिए ।

विश्व दोङ चाँदनी मोक्तान आरम्भ तामाङ निर्णायकको भूमिकामा रहेको उक्त कार्यक्रममा मिलन मोक्तान प्रमुख अतिथि र टेक तामाङ वीरेन्द्र वाइबा विशेष अतिथिका रुपमा रहनुभएको थियो । सोही अवसर माझ तामाङ समुदाय साथै राष्टिय आयामका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । युथ कृयशन नेपालद्वारा आयोजित फेस अफ तामाङ किड्स २०२५ मा सहभागीहरुलाई नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका सचिव तथा ओख्रेनी मा।वि। गोकर्णेश्वर नगरपालिका १, सुन्दरीजल काठमाडौकी शिक्षिका बिना वाइबाले तामाङ भाषाका वर्णमाला किताबहरू उपहार स्वरूप प्रदान गर्नुभएको थियो । उहाँले सहभागीहरुले तामाङ मातृभाषाको परिचय, महत्व , संरक्षण र सम्बर्द्धनको विषयमा विशेष जानकारी पनि गराउनु भएको थियो । सहभागी बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने उदेश्यसहित फेस अफ तामाङ किड्स आयोजना गरिएको तामाङ समुदायका लागि लामो समय देखि योगदान पुर्याउँदै सामाजिक कार्यमा अगाडि बढ्दै आउनुभएका युथ​ क्रियसन नेपालका संस्थापक अध्यक्ष रवि लामा तामाङले जनाएका छन् ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*