पाल्पाको रामपुरमा पनि क्लोथ बैंक राजेश हमालद्वारा सुभारम्भ ।

Spread the love

पाल्पाको रामपुर नगरपालिका–५ बेझाँडमा

उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा संगै क्लोथ एन्ड फुड बैंक नेपालको क्लोथ बक्स सुभारम्भ भएको छ । मटेरी ठूलोटार देखि सेवा प्रदान गर्दै आएको मार्टले शनिबार देखि बेझाँड बजार चोकमा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो। उपकार सुपर मार्ट प्रा.लि.ले क्लोथ एण्ड फुड बैंक नेपालको समन्वयमा कपडा बैंकको स्थापना गरेको हो। उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा संगै कपडा बैंकको ड्रप बक्सको नेपालि सिने जगतका महानायक एवं क्लोथ एण्ड फुड बैंक नेपालका संरक्षक राजेश हमालले समुद्घाटन गर्नु भएको हो । मार्ट संगै कपडा बैंकको उट्घाटन गर्दै हमालले केही महिना अघि बुटवल देखि सुरु भएको क्लथ बैंक स्थापना कार्य देशको मुख्य शहर हुँदै पूर्व मेची देखि पश्चिम महाकाली सम्म स्थापनाको क्रममा रहेको बताउनुभयो । कपडा बैंक गरिब तथा निम्न वर्गका लागि मात्र नभै आवश्यक पर्ने सबैको लागि रहेको स्पष्ट पार्नुभयो । आर्थिक मन्दीको अवस्थामा पनि युवाहरुले फरक ढंगका साथ सञ्चालमा ल्याएको मार्ट संगै कपडा बैंक स्थापना हुनु खुशीको कुरा भएको बताउनुभयो ।

बजारमा किनमेलको लागि आउँदै गर्दा आफुसग भएका प्रयोगमा नआएका बक्समा ल्याएर जम्मा गर्न र प्रशोधन गरेर ल्याईएको लुगा आवश्यक पर्नेले लिएर जान आग्रह गर्नुभयो । पाल्पा आफ्नो जन्मथलो भएको बताउँदै पाल्पाको भुगोल र पाल्पाली संग नजिक भएर काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । हमालले कपडा बैंकको सुभारम्भा संगै यात्रा नेपाल डकुमेन्ट्री छायाँङ्कनको लागि आएको बताउनुभयो । उहाँले सबैभन्दा पहिला पाल्पा र पाल्पाको पनि रामपुरमा बाट छायाँङ्कन सुरु गरिएको जानकारी दिनुभयो । क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले स्थानीय सरकार र विभिन्न संघ संस्था संग समन्वय गरी कपडा बैंक स्थापना गर्ने क्रम चलिरहेको जानकारी दिनुभयो । उहाँले संकलन भएको कपडा प्रशोधन गरी बिपदमा परेका नागरिक तथा आवश्यक परेका सबैलाई वितरण गर्दै आईरहेको बताउनुभयो । सबै वर्ग, तहका नागरिकले कपडा बैंक बाट आवश्यक कपडा प्रयोग  गर्न सक्ने बताउनुभयो । उहाँले खाना र कपडाको  अभाव कसैलाइ पनि नहोस् भन्ने उद्देश्यका साथ लामो समयको अध्ययन पछि कपडा बैंकको स्थापना  गरिएको बताउनुभयो । आगामी दिनमा बढी भएका खानेकुराको संकलन गरी खाद्यान्न अभाव भएका स्थानमा पुर्याउने व्यवस्था समेत गर्नका लागि तयारी  भैरहेको जानकारी गराउनुभयो । क्लोथ एण्ड फुड बैंक नेपालका सल्लाहकार एवं  टुना तेक्नोलोजिका सिइयो  राजिव गौतमले कपडा बैंकको बारेमा जानकारी गराउँदै संकलन भएको कपडा प्रशोधन गरी प्रयोग गर्न योग्य बनाएर मात्र वितरण गरिने भएकाले धेरै लुगा हुनेले जम्मा गर्न र नहुनेले ढुक्क भएर प्रयोग गर्न अनुरोध गर्नुभयो । कपडा बैंक स्थापनाका लागि किङ्गस क्लव र रामपुर फिटनेश सेन्टरले पनि सहयोग गरेको छ । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कपडा बैंकलाई दिगो रुपमा सञ्चालन गर्नका लागि उद्याेगी तथा निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । ढकालले मार्टलाई सफलताको शुभकामना दिनुभयो । उपकार सुपरमार्ट प्रा.लि.का अध्यक्ष विष्णु प्रसाद गौतमले व्यवसाय मात्र नहेरी सामाजिक सेवा भावका साथ क्लोथ एण्ड फुड बैंक नेपाल संग समन्वय गरेर क्लोथ  ड्रप बक्स स्थापना गरिएको जानकारी दिनुभयो ।

करिब १०० जना बढी युवाहरुको सक्रियतामा स्थापना भएको मार्टमा दैनिक उपभोगका सामग्री संगै घरायसी उपयोगका सम्पूर्ण सामानहरु एउटै स्थान बाट प्राप्त गर्न सकिने जानकारी गराउनुभयो । सुभारम्भ कार्यक्रमको सञ्चालन उपकार सुपरमार्टका सञ्चालक दिल बहादुर पुलामीले गर्नु भएको हो । कार्यक्रममा सामाजिक युवा अभियन्ता भरत क्षेत्रि लगायत थुप्रै युवा अभियन्ताहरुको समेत उपस्तिथि रहेको थियो ।क्लोथ एण्ड फुड बैंक नेपालले जिल्लामा यस अघि रिब्दीकोट गाउँपालिकाको समन्वयमा कपडा बैंक स्थापना गरिसकेको छ । कार्यक्रममा अविरल वर्षादका विच सयौंको संख्यामा स्थानीयहरुको भिड लागेको थियो । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाई कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानिय सरकार यो अभियानमा जोडिएका छ्न ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*