गुल्मीदरबार गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा

Spread the love

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका पूर्ण खाेप सुनिश्चित भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेण बहादुर खत्रीले बुधबार एक औपचारिक कार्यक्रममा घाेषणा गरेसँगै गुल्मीदरबार पूर्ण खाेप सुनिश्चित भएको हो ।

गाउँपालिकाकाे स्वास्थ्य शाखाको आयोजनामा सभाहलमा भएको पूर्ण खाेप सुनिश्चितता घाेषणा कार्यक्रममा शाखा प्रमुख नारायण प्रसाद अर्यालले गाउँपालिकामा खाेपकाे अवस्था सम्बन्धमा जानकारी गराएका थिए । उनलेे स्वास्थ्यका सुचककाे जानकारी दिँदै गुल्मीदरबार दीर्घकालीन समयसम्मकाे लागि पूर्ण खाेप सुनिश्चित हुने दाबी समेत गरे । १६ देखि २३ महिनाका बालबालिकालाई लगाउनुपर्ने सबै खाेप लगाइएकोले गाउँपालिका पूर्ण खाेप सुनिश्चित भएको हो । गाउँपालिकाका सबै वडामा रहेका वडा स्तरीय खाेप समन्वय समितिलाई पालिका स्तरीय खाेप समन्वय समितिकाे तर्फबाट प्रमाणपत्र प्रदान गरिएको छ । साथै खाेप सुनिश्चितता कार्यक्रममा सबै वडाका खाेप कार्यकर्तालाई पनि प्रमाणपत्र प्रदान गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले खाेपबाट बालबालिकालाई बञ्चित गराउन नहुने बताइन् । खाेपकाे सुनिश्चिततासँगै गुल्मीदरबार स्वास्थ्य क्षेत्र र अन्य क्षेत्रमा समेत अब्बल बन्दै गएको बताएकी छिन् । उनले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेकाे बताइन् ।

गाउँपालिकाका अध्यक्ष सराेज कुमार थापाले गुल्मीदरबार गाउँपालिकालाई पूर्ण खाेप सुनिश्चित गर्न स्वास्थ्यकर्मीकै भुमिका बढी रहेको बताए । अध्यक्ष थापाले सबै स्वास्थ्यसँग सम्बन्धित कर्मचारीलाई धन्यवाद दिँदै यसलाई दीर्घकालसम्म कायम राख्नुपर्ने बताए । उनले गुल्मीदरबारकाे समुन्नतिकाे लागि आफूहरू एक भएको बताएका थिए । गुल्मीदरबारलाई पूर्ण खाेप सुनिश्चित गर्नकाे लागि स्वास्थ्यकर्मीले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सबै स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयम्सेविकाले जिल्ला समन्वय समिति प्रमुख द्राेण बहादुर खत्रीबाट प्रतिबद्धता सपथ पनि लिएका थिए ।

जिल्ला समन्वय समिति तथा खाेप समन्वय समिति गुल्मीका प्रमुख द्राेण बहादुर खत्रीले जिल्ला स्तरीय खाेप समन्वय समितिकाे तर्फबाट पालिका स्तरीय खाेप समन्वय समिति गुल्मीदरबार गाउँपालिकालाई प्रमाणपत्र प्रदान गरेका थिए । समन्वय प्रमुख खत्रीले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकोले सबैभन्दा बढी प्राथमिकता स्वास्थ्यलाई दिनुपर्ने बताए । ‘स्वास्थ्य, शिक्षा र सुशासन महत्त्वपूर्ण सुचकहरू हुन्’, उनले भने “पूर्ण खाेप सुनिश्चित गर्ने गुल्मीदरबारकाे काम प्रशंसनीय छ ।” समन्वय प्रमुख खत्रीले पूर्ण खाेप सुनिश्चित गर्न प्रत्येक वर्ष यसका सबै सुचक सकारात्मक हुनुपर्ने बताए । उनले पूर्ण खाेप सुनिश्चितता गर्नकाे लागि याेगदान दिने सबै स्वास्थ्यकर्मीकाे प्रशंसा गरे ।

पूर्ण खोप सुनिश्चितता घाेषणा कार्यक्रममा सबै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका तथा सराेकारवालाले खाेप सुनिश्चित दीर्घकालसम्म रहनुपर्नेमा जाेड दिएका थिए । उनीहरुले प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । ‘पूर्ण खाेप-सुरक्षित भविष्य’ भन्ने मूल नाराका साथ पूर्ण खाेप सुनिश्चितता घाेषणा भएको हो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*