गुल्मीदरबार गाउँपालिकाले गर्‍यो सुझाब संकलन तथा सार्वजनिक सुनुवाई

Spread the love

रामकृष्ण कडेल, असार ४ , गुल्मी 

नागरिकहरुको सहभागितामा गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक सुनुवाई र नीति तथा कार्यक्रम माथिको सुझाब संकलन कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहल गौडाकोटमा पालिकाले स्थानियहरु र सरोकारवालाहरुको उपस्थितिका बिच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरेले संचालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी , राजनैतिक दलका नेता , शिक्षक , पेशागत संगठनका अध्यक्ष एवम् प्रतिनिधि , युवा ,सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पालिकाले संचालन गरेका योजनाको बिषयमा सहभागिले जिज्ञासा राखेका थिए भने जवाफदेही वक्ताको रुपमा बिषयगत शाखा प्रमुख एवं जनप्रतिनिधिले जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाई तथा नीति तथा कार्यक्रम माथिको सुझाब संकलन कार्यक्रमलाई संबोधन गर्दै पालिका अध्यक्ष सरोज कुमार थापाले पालिकालाई आएका सुझाब वास्तवमै अनुकरणीय रहेको भन्दै सहर्ष ग्रहण गरेको र अधिकतम सुझावहरु बजेटमा समेटिने बताउनुभयो । थापाले सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांसले सन्तुष्टि व्यक्त गर्नुले पुर्ववर्ती सरकारले जनमुखी काम गरेको रहेछ भन्ने प्रमाणित गरेको बताउनुभयो । सुनुवाईका क्रममा उठेका जिज्ञासा एवम् प्रश्नको जवाफ दिदै पालिका उपाध्यक्ष तारा थापा ढेंगाले सार्वजनिक सुनुवाई , निति तथा कार्यक्रममाथिको सुझाब संकलन जस्ता कार्यक्रममा यसरी सहभागिता बढ्नु खुसिको कुरा भएको उल्लेख गर्नुभयो । ढेगाले स्थानिय राजस्व परामर्श समितिको संयोजक आफू रहेकाले करको दर होइन दायरा बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनुगमन र सुपरिवेक्षण समितिको संयोजक आफू रहेकाले प्रत्येक योजना सफल बनाउन अनुगमन र सुपरिवेक्षणलाई चुस्त दुरुस्त राखिने ढेगाले बताउनुभयो । कार्यक्रमलाई संबोधन गर्दै उपाध्यक्ष थापाले भन्नुभयो ” न्यायीक समितिको संयोजक पनि म नै भएकाले स्थानिय स्तरबाटै वास्तविक न्याय दिन हर तबरले लाग्ने छु , कोहि नागरिकले अन्यायमा परेको अनुभूति गर्नु नपरोस भन्नका निम्ति म प्रतिबद्ध छु ” कार्यक्रमलाई संबोधन गर्दै पालिकाका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पाण्डेले सार्वजनिक जवाफदेहीतामा गुल्मीदरबार गाउँपालिका अग्रस्थानमा रहेको दाबी गर्नुभयो । पाण्डेले पालिकामा नागरिक सेवाग्राहीको संतुष्टि सर्वेक्षण गरिएको त्यस्को अध्ययन गरि कमिकमजोरी सुधारका निम्ती कार्यपालिका बैठकमा छलफल गरि कार्यान्वयन गरिएको जानकारी गराउनुभयो । कार्यक्रमको संचालन अधिकृत टङ्क पन्थिले गर्नुभएको थियो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*