गुल्मीदरबार गाउँपालिकाले गर्‍यो सुझाब संकलन तथा सार्वजनिक सुनुवाई

Spread the love

रामकृष्ण कडेल, असार ४ , गुल्मी 

नागरिकहरुको सहभागितामा गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक सुनुवाई र नीति तथा कार्यक्रम माथिको सुझाब संकलन कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहल गौडाकोटमा पालिकाले स्थानियहरु र सरोकारवालाहरुको उपस्थितिका बिच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरेले संचालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी , राजनैतिक दलका नेता , शिक्षक , पेशागत संगठनका अध्यक्ष एवम् प्रतिनिधि , युवा ,सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पालिकाले संचालन गरेका योजनाको बिषयमा सहभागिले जिज्ञासा राखेका थिए भने जवाफदेही वक्ताको रुपमा बिषयगत शाखा प्रमुख एवं जनप्रतिनिधिले जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाई तथा नीति तथा कार्यक्रम माथिको सुझाब संकलन कार्यक्रमलाई संबोधन गर्दै पालिका अध्यक्ष सरोज कुमार थापाले पालिकालाई आएका सुझाब वास्तवमै अनुकरणीय रहेको भन्दै सहर्ष ग्रहण गरेको र अधिकतम सुझावहरु बजेटमा समेटिने बताउनुभयो । थापाले सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांसले सन्तुष्टि व्यक्त गर्नुले पुर्ववर्ती सरकारले जनमुखी काम गरेको रहेछ भन्ने प्रमाणित गरेको बताउनुभयो । सुनुवाईका क्रममा उठेका जिज्ञासा एवम् प्रश्नको जवाफ दिदै पालिका उपाध्यक्ष तारा थापा ढेंगाले सार्वजनिक सुनुवाई , निति तथा कार्यक्रममाथिको सुझाब संकलन जस्ता कार्यक्रममा यसरी सहभागिता बढ्नु खुसिको कुरा भएको उल्लेख गर्नुभयो । ढेगाले स्थानिय राजस्व परामर्श समितिको संयोजक आफू रहेकाले करको दर होइन दायरा बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनुगमन र सुपरिवेक्षण समितिको संयोजक आफू रहेकाले प्रत्येक योजना सफल बनाउन अनुगमन र सुपरिवेक्षणलाई चुस्त दुरुस्त राखिने ढेगाले बताउनुभयो । कार्यक्रमलाई संबोधन गर्दै उपाध्यक्ष थापाले भन्नुभयो ” न्यायीक समितिको संयोजक पनि म नै भएकाले स्थानिय स्तरबाटै वास्तविक न्याय दिन हर तबरले लाग्ने छु , कोहि नागरिकले अन्यायमा परेको अनुभूति गर्नु नपरोस भन्नका निम्ति म प्रतिबद्ध छु ” कार्यक्रमलाई संबोधन गर्दै पालिकाका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पाण्डेले सार्वजनिक जवाफदेहीतामा गुल्मीदरबार गाउँपालिका अग्रस्थानमा रहेको दाबी गर्नुभयो । पाण्डेले पालिकामा नागरिक सेवाग्राहीको संतुष्टि सर्वेक्षण गरिएको त्यस्को अध्ययन गरि कमिकमजोरी सुधारका निम्ती कार्यपालिका बैठकमा छलफल गरि कार्यान्वयन गरिएको जानकारी गराउनुभयो । कार्यक्रमको संचालन अधिकृत टङ्क पन्थिले गर्नुभएको थियो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*