गुल्मीदरबार गाउँपालिकामा स्थानीय निर्वाचनका लागी निर्वाचन कार्यालय स्थापना

Spread the love

प्रकश टन्डन (गुल्मी)

गुल्मीदरबार गाउँपालिकामा स्थानीय निर्वाचनका लागी निर्वाचन कार्यालय स्थापना गरिएको छ । गुल्मीदरबार गाउँपालिकामा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापना कार्यक्रमका अध्यक्ष एव गाउपालिकाका निर्वाचन अधिकृत भिम प्रसाद भुसालले आसन्न स्थानिय तह निर्वाचन निस्पक्ष रुपमा संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै अधिकृत भुसालले भन्नुभयो ” म यहाँहरुको सहयोगका लागि आएको हुँ , निर्वाचन निस्पक्ष हुने प्रतिबद्धता व्यक्त गर्दै तपाईं गुल्मीदरबार बासिको तर्फबाट पनि सहयोगको अपेक्षा राख्दछु ” ।

गाउँपालिकामा कृयाशिल राजनैतिक दल , जनप्रतिनिधि , पत्रकार एवं सरोकारवाला हरुको सहभागितामा आज निर्वाचन मर्यादित बनाउने सन्दर्भमा के के गर्न सकिन्छ भनेर अन्तर्कृया समेत गरिएको छ । कार्यक्रममा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मिना भण्डारीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले निर्वाचनलाई मर्यादित बनाउन राजनैतिक दल , उमेदवार र दलका भातृ संगठनले गर्न पाउने र नपाउने निर्वाचन आयोगले बनाएका नियम र उम्मेदवारको स्वघोषणाका बारेमा जानकारी गराउनुभएको थियो ।

निर्वाचन कार्यालय उदघाटन एवं अन्तर्कृया कार्यक्रममा नेकपा एमाले गुल्मीदरबार गाउँ कमिटी अध्यक्ष कृष्ण प्रसाद खनाल ,कांग्रेस सभापति गुल्मीदरबार गाउँ कार्यसमिति सभापती प्रेम पुन ,नेकपा माओवादी केन्द्र कि नेतृ सीता सर्तुङ्गे ,राप्रपाका नेता केयर शिह शाही , नेकपा समाजबादीका गाउँ कमिटी अध्यक्ष नरेन्द्र किरण ठकुरी , राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सचिब छबिलाल सर्तुङ्गेको उपस्थिति थियो । गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी , पत्रकार , प्रहरी लगायतको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*