गुल्मीदरबार गाउँपालिकामा स्थानीय निर्वाचनका लागी निर्वाचन कार्यालय स्थापना

Spread the love

प्रकश टन्डन (गुल्मी)

गुल्मीदरबार गाउँपालिकामा स्थानीय निर्वाचनका लागी निर्वाचन कार्यालय स्थापना गरिएको छ । गुल्मीदरबार गाउँपालिकामा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापना कार्यक्रमका अध्यक्ष एव गाउपालिकाका निर्वाचन अधिकृत भिम प्रसाद भुसालले आसन्न स्थानिय तह निर्वाचन निस्पक्ष रुपमा संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै अधिकृत भुसालले भन्नुभयो ” म यहाँहरुको सहयोगका लागि आएको हुँ , निर्वाचन निस्पक्ष हुने प्रतिबद्धता व्यक्त गर्दै तपाईं गुल्मीदरबार बासिको तर्फबाट पनि सहयोगको अपेक्षा राख्दछु ” ।

गाउँपालिकामा कृयाशिल राजनैतिक दल , जनप्रतिनिधि , पत्रकार एवं सरोकारवाला हरुको सहभागितामा आज निर्वाचन मर्यादित बनाउने सन्दर्भमा के के गर्न सकिन्छ भनेर अन्तर्कृया समेत गरिएको छ । कार्यक्रममा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मिना भण्डारीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले निर्वाचनलाई मर्यादित बनाउन राजनैतिक दल , उमेदवार र दलका भातृ संगठनले गर्न पाउने र नपाउने निर्वाचन आयोगले बनाएका नियम र उम्मेदवारको स्वघोषणाका बारेमा जानकारी गराउनुभएको थियो ।

निर्वाचन कार्यालय उदघाटन एवं अन्तर्कृया कार्यक्रममा नेकपा एमाले गुल्मीदरबार गाउँ कमिटी अध्यक्ष कृष्ण प्रसाद खनाल ,कांग्रेस सभापति गुल्मीदरबार गाउँ कार्यसमिति सभापती प्रेम पुन ,नेकपा माओवादी केन्द्र कि नेतृ सीता सर्तुङ्गे ,राप्रपाका नेता केयर शिह शाही , नेकपा समाजबादीका गाउँ कमिटी अध्यक्ष नरेन्द्र किरण ठकुरी , राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सचिब छबिलाल सर्तुङ्गेको उपस्थिति थियो । गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी , पत्रकार , प्रहरी लगायतको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*