ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरबारको ५३औं वार्षिकोत्सव सम्पन्न

Spread the love

राम कृष्ण कडेल फागुन १ गुल्मी

इश्वरी माध्यमिक विद्यालय गुल्मीदरबार गाउँपालिका वडा नं. ६ चारपाला गुल्मीको ५३औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । बिध्यालय ब्यवस्थापन समिती अध्यक्ष हिरा बहादुर खत्रीको सभापतित्व रहेको कार्यक्रममा गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेगाको प्रमुख आतिथ्यता, विशिष्ट अतिथिमा गुल्मीदरबार सामाजिक विकास समिति संयोजक तथा वडाध्यक्ष मुकेश थापा, गुल्मीदरबार गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष शालिकराम टन्डन ,नेपाल सरकारका उपसचिव जगदीश अर्याल, गुल्मीदरबार गाउँपालिका कार्यपालिका सदस्य ईश्वरी परियार, सदस्य सोनुदेवी कार्की,जनप्रतिनिधि , भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष तथा यस विद्यालयका पूर्व शिक्षक हरि प्रसाद अर्याल, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि प्रसाद कंडेल रहनुभएको थियो ।

विभिन्न संघ संस्थाका प्रमुखहरू, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, शुभचिन्तकहरू र अभिभावकहरूको समेत आतिथ्यता रहेको थियोे । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, मानार्थ सदस्य, विशिष्ट सदस्यहरू, आजीवन सदस्यहरू, साधारण सदस्यहरू, चन्दादाताहरू, अक्षयकोषदाताहरूको पनि आतिथ्यता रहेको थियोे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि बहादुर कार्कीले आर्थिक वर्ष २०७८/०७९ को झण्डै २२ लाख बराबरको आय-व्यय र समग्र विद्यालयका गतिविधिहरुको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा योगदान दिनुभएका पूर्व शिक्षकहरुलाई सम्मान गरिएको थियोे । त्यस्तै विभिन्न क्षेत्रमा योगदान गर्ने महानुभावहरुलाई पनि समारोहमा सम्मान गरिएको थियोे । विद्यालयमा कार्यरत शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । ५३औं वार्षिक उत्सवको कार्यक्रम माघ २७ गतेदेखि विभिन्न खेलकुदहरू आयोजना गरि सुरुवात गरिएको थियो । साँस्कृतिक कार्यक्रम शिक्षक टोपबहादुर थापाले र समग्र कार्यक्रमको सञ्चालन शिक्षक बाबुराम कंडेलले गर्नुभएको थियोे ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*