ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरबारको ५३औं वार्षिकोत्सव सम्पन्न

Spread the love

राम कृष्ण कडेल फागुन १ गुल्मी

इश्वरी माध्यमिक विद्यालय गुल्मीदरबार गाउँपालिका वडा नं. ६ चारपाला गुल्मीको ५३औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । बिध्यालय ब्यवस्थापन समिती अध्यक्ष हिरा बहादुर खत्रीको सभापतित्व रहेको कार्यक्रममा गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेगाको प्रमुख आतिथ्यता, विशिष्ट अतिथिमा गुल्मीदरबार सामाजिक विकास समिति संयोजक तथा वडाध्यक्ष मुकेश थापा, गुल्मीदरबार गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष शालिकराम टन्डन ,नेपाल सरकारका उपसचिव जगदीश अर्याल, गुल्मीदरबार गाउँपालिका कार्यपालिका सदस्य ईश्वरी परियार, सदस्य सोनुदेवी कार्की,जनप्रतिनिधि , भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष तथा यस विद्यालयका पूर्व शिक्षक हरि प्रसाद अर्याल, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि प्रसाद कंडेल रहनुभएको थियो ।

विभिन्न संघ संस्थाका प्रमुखहरू, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, शुभचिन्तकहरू र अभिभावकहरूको समेत आतिथ्यता रहेको थियोे । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, मानार्थ सदस्य, विशिष्ट सदस्यहरू, आजीवन सदस्यहरू, साधारण सदस्यहरू, चन्दादाताहरू, अक्षयकोषदाताहरूको पनि आतिथ्यता रहेको थियोे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि बहादुर कार्कीले आर्थिक वर्ष २०७८/०७९ को झण्डै २२ लाख बराबरको आय-व्यय र समग्र विद्यालयका गतिविधिहरुको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा योगदान दिनुभएका पूर्व शिक्षकहरुलाई सम्मान गरिएको थियोे । त्यस्तै विभिन्न क्षेत्रमा योगदान गर्ने महानुभावहरुलाई पनि समारोहमा सम्मान गरिएको थियोे । विद्यालयमा कार्यरत शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । ५३औं वार्षिक उत्सवको कार्यक्रम माघ २७ गतेदेखि विभिन्न खेलकुदहरू आयोजना गरि सुरुवात गरिएको थियो । साँस्कृतिक कार्यक्रम शिक्षक टोपबहादुर थापाले र समग्र कार्यक्रमको सञ्चालन शिक्षक बाबुराम कंडेलले गर्नुभएको थियोे ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*