ईश्वरी माध्यमिक विद्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रम

Spread the love
  1.  रामकृष्ण कडेल , जेठ १३ गुल्मी ।
गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ स्थित इश्वरी माबिले नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नं ५, ६ र ७ बाट निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरूलाई सम्मान गरेको छ । कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सरोज कुमार थापा, नवनिर्वाचित उपाध्यक्ष तारा थापा ढेंगा, वडा नं ५ का अध्यक्ष गुणानिधि पौडेल, वडा नं ६ का अध्यक्ष मुकेश थापा र वडा नं ७ का अध्यक्ष शालिकराम टण्डनले मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा विद्यालायकी सहायक प्रधानाध्यापक हिमकला रानाको स्वागत मन्तव्य , प्रधानाध्यापक हरि बहादुर कार्कीले समग्र कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । त्यस्तै कार्यक्रममा शैक्षिकसत्र २०७८ मा आधारभूत तह स्तरीय परीक्षा (कक्षा ८) मा गाउँपालिकामा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थी कुशल शाही र उनको अभिभावक ध्रुव शाहीलाई र प्राथमिक तह (कक्षा ५) मा उत्कृष्ट अंक ल्याइ द्वितीय स्थान हासिल गरेकी छात्रा रितिशा शाही र उनको अभिभावक शारदा शाहीलाई सम्मान गरिएको थियो । साथै विद्यालयमा विभिन्न योगदान पुर्याउनुभएका शिक्षकद्वय जोगमोहन शाही र कविता अर्याललाई सोही समारोहमा सम्मान गरिएको थियोे । सोही अवसरमा कक्षा ११ द्वारा कक्षा १२ लाई बिदाइ गर्दै आगामी जेठ १६ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षाको सफलताको शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रमको बिच बिचमा विद्यार्थीहरूको नृत्यले थप रौनकता प्रदान गरेको थियो । गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेंगा रहनुभएको थियोे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू शिक्षक अभिभावक संघका पदाधिकारीहरूको आतिथ्यता गुल्मीदरबार गाउँ कार्यपालिका सदस्यहरू, विद्यालयका शिक्षक कर्मचारीहरू र विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व शिक्षक अभिभावक संघका अध्यक्ष अम्मर बहादुर कुँवरको रहेको थियोे भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक टोप बहादुर थापाले गर्नुभएको थियो ।

Uncategorized

औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र  जिल्ला साधारणसभा तम्घासमा  सम्पन्न

Spread the love

Spread the love राम कृष्ण कंडेल बैशाख २९ गुल्मी  नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रदेश स्तरीय पुर्ण  बैठक गुल्मीको ऐतिहासिक

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ को डिष्ट्रक सेमिनार चितवनमा सम्पन्न ।

Spread the love

Spread the loveरोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल ले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ । सेमिनार  रोट्रयाक्ट    डिष्ट्रकका डि आर आर

समाचार

गुल्मीको चारपालामा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर हुँदै

Spread the love

Spread the loveसाबित्रा पौडेल , चैत २६ गुल्मी । गुल्मीमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ

समाचार

गुल्मी इन्द्रेगौडामा पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र

Spread the love

Spread the loveगुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं.-५ इन्द्रेगौंडामा कृयाशिल गतिशील युवा क्लबद्वारा संचालन हुन लागेको खुल्ला वडा स्तरीय पुरुष

Uncategorized

देवदहमा क्लोथ बैंक सञ्चालन – Sarthak Majheri Tv

Spread the love

Spread the loveदेवदहमा क्लोथ बैंक सञ्चालन देवदह । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड

समाचार

रोट्रयाक्ट डिस्टिकद्वारा दुइ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा  धुलिखेलमा ०२ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न   भएको छ । आगामी रोट्रयाक्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*