लायन्स क्लब अफ बुटवल क्षितिजको ०८ औ चार्टर्ड बार्सिकउत्त्सब , अवार्ड सेरेमोनि तथा पदस्थापन समारोह सम्पन्न

Spread the love

लायन्स क्लब अफ बुटवल क्षितिजको ०८ औ चार्टर्ड बार्सिकउत्त्सब , अवार्ड सेरेमोनि तथा पदस्थापन समारोह सम्पन्न भएको छ । बुटवल स्थित होटेल एशियन एन्ड पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३/२४ अध्यक्ष लायन धुर्ब कुमार शर्माले आफ्नो कार्यकालमा सहयोग गर्ने क्लबका सस्थापक अध्यक्ष , पुर्ब अध्यक्षहरु क्लबका सम्पूर्ण पदाधिकारीहरु ,सस्थापक सदस्यहरु ,लियो क्लब अफ बुटवल क्षितिजका अध्यक्ष एवं पदाधिकारीहरु सगै लायन्स डिष्ट्रक ३२५ पि का गभर्नर लगायत डिष्ट्रक , एरिया , जोनका पदाधिकारीहरु ,छिमेकी क्लबका अध्यक्षहरु र पत्रकारहरुलाइ मायाको चिनो प्रदान गर्दै आफ्नो कार्यकाललाइ उत्कृष्ट बनाउन सहयोग गरेको भन्दै सम्मान सहित धन्यवाद व्यक्त गरेका थिए भने सोहि अबसरमा धुर्ब चन्द्र अक्षय कोष मार्फत बुटवल माविका गरिव तथा जेहेन्दार एक जना विद्यार्थीलाइ छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा लायन बर्ष २०२४/२५ का लागि नव निर्वाचित अध्यक्ष आबिस्कार खनाल लगायत २०२४/२५ का पदाधिकारीहरुलाइ पद हस्तान्तरण गरिएको थियो । क्लबको प्रथम उपाध्यक्षमा श्री खरेल, द्वितीय उपाध्यक्षमा उदय खत्री , तृतीय उपाध्यक्षमा गुप्त पुन, सचीवमा प्रदिप गुप्ता, कोषाध्यक्षमा गोपाल रेग्मि, क्लब निर्देशकमा इन्द्र प्रसाद भट्टराई र दिपक सापकोटा रहेका छन भने मनोनीत गर्न बाकी निर्देशकका पदहरुलाइ क्लबको प्रथम बैठकबाट पूर्णता दिने बताइएको छ। चार्टर्ड बार्सिकउत्त्सब, अवार्ड सेरेमोनि तथा पदस्थापन कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रक ३२५ पि बर्ष २०२३/२४ का गभर्नर पिएमजेफ लायन अर्जुनमान सैजुले लायन्स क्लब अफ बुटवल क्षितिजले नाम अनुसारको काम गर्न सफल भएको भन्दै आगामी दिनमा क्लबलाइ अझ उचाइमा पुर्याउनु पर्ने बताए ।कार्यक्रमका बिशिस्ट अतिथि लायन्स डिष्ट्रक ३२५ पि बर्ष २०२४/२५ का डिष्ट्रक गभर्नर एमजेफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ बुटवल क्षितिजले अगाडि बढाउने कार्यक्रम र अभियानहरु फरक र प्रभावकारि हुने बिश्वास व्यक्त गर्दै त्यस्ता नविनतम कार्यहरुमा डिष्ट्रकले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

उक्त अवसरमा पुर्ब गभर्नर नवराज न्यौपाने, डिष्ट्रक पदाधिकारी अनिल श्रेष्ठ डाक्टर मनोज ढुङ्गाना लगायतले भनाइ राखेका थिए भने पुर्ब गभर्नर अरुण प्रताप राणा, महेन्द्र नारायण श्रेष्ठ, बर्ष २०२४/२५ डिष्ट्रकका प्रथम उपाध्यक्ष बालाराम भट्टराई द्वितीय उपाध्यक्ष सन्दिप कशौधन, डिष्ट्रक सेक्रेटरी माधव खनाल डिष्ट्रकका अन्य पदाधिकारीहरु , एरिया, जोनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।पदभार ग्रहण पस्चात बोल्दै २४/२५ का अध्यक्ष खनालले लायन्स क्लब अफ बुटवल क्षितिजको गरिमालाइ कायम राख्दै लायन्सको मर्म र भावना अनुसार बर्ष २४/२५ मा सामाजिक गतिविधिहरुलाइ अगाडि बढाउने बताए। क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठको स्वागत, सचीवद्वय गुप्त पुन, प्रदीप गुप्ता र पुर्ब अध्यक्ष शंकर पाण्डेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा चर्चित गायक बसन्त श्रेष्ठको सांगीतक प्रस्तुति समेत रहेको थियो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*