चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न
गुल्मीदरबार गाउँपालिका–७ मा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रथम: इश्वरी माध्यमिक विद्यालय, चारपाला दरबार
द्वितीय: ठूलोपोखरा माध्यमिक विद्यालय, ठूलोपोखरा
तृतीय: शारदा माध्यमिक विद्यालय, अमर अर्बाथोक
सान्त्वना: गङ्गा आधारभूत विद्यालय, चिनियापोखरी कार्यक्रममा

मिरा ट्रष्टको तर्फबाट विद्यार्थीहरूलाई झोला तथा शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै, नृत्य प्रस्तुत गर्ने विद्यार्थीहरूलाई सगुन कलेक्सनकी सञ्चालक एवं समाजकी पूर्व अध्यक्ष उषा खत्रीज्यूले उपहार प्रदान गर्नुभएको थियो। सम्पर्क समाजका अध्यक्ष हिराधर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। सह सचिव सावित्रा टण्डनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव विकास टण्डनले गर्नुभएको थियो।



Be the first to comment