गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा तथा बन्भोज कार्यक्रम सम्पन्न

Spread the love

प्रकाश टन्डन (रुपन्देही)

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा तथा बनभाेज कार्यक्रम शनिवार सम्पन्न भएको छ । जेष्ठ नागरिक जग्ननाथ पाैडेलकाे प्रमुख अतिथीमा कार्यकमकाे उद्धाटन गरिएकाे थियाे । सभामा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले आगामी वर्षमा समाजको कार्यक्षेत्र विस्तार गर्ने र थप योजना सहित अघि बढ्ने बताए । उनले वर्षभरि समाजले , गुल्मी र रुपन्देही दुवै जिल्लामा सेवामुलक सामाजिक काम गरेको भन्दै निरन्तर यस्ता कार्य गरिरहने जानकारी दिए ।

त्यस्तै, आय व्ययको प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष काजीमान टण्डनले सदस्य र सल्लाहकारहरुको संकलनबाट जम्मा ७६४८१३ हाल सम्म बैक खातामा रहेकाे र यसैबाट कार्य गर्न सकिरहेको जिकीर गर्दै आगामी दिनमा कोष नै खडा गरेर सामाजिक अभियान चलाउने बताए । समाजले आफ्ना सदस्यहरु संगको भेटलाई निरन्तरता दिन उदेश्यका साथ हरेक बर्ष जस्तै यस बर्ष पनि बनभाेज तथा मिलन कार्यक्रम पुस २४ गते राखेकाे थियाे। साेहि अबसरमा आजिवन सदस्यलाई प्रमाण पत्र वितरण गरिएको जानकारी दिए । वनभोजको अवसरमा चम्चा दौड, बेलुन फुटाउने रेस र चियर रेस तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको वनभोज कार्यक्रम संयोजक काजीमान टण्डनले बताए ।

चम्चा दौडमा अञ्जल मगर प्रथम भएकी थिईन भने बिहान महोत्रा द्धितीय पुरस्कार प्राप्त गरे ।त्यस्तै, बेलुन फुटाउने खेलमा चिन्ता शिव बस्नेत प्रथम भएको खेल संयोजक ढबल बहादुर कार्कीले जनाए । त्यस्तै, चियर रेस प्रतियोगितामा दिपा कुवर प्रथम र मनु खत्री दृतिय भएको बताए । कार्यक्रममा समाजका सल्लाहकार अधिबक्ता गाेकर्ण सिह थापा , गोबिन्द अर्याल, सावित्रा टण्डन, हिरा अर्याल, लक्ष्मण अर्याल, धर्मबीर खत्री, टिकाराम पन्थी लगायतको उपस्थिती थियो । यसैगरी समाजका आजीबन सदस्य सहित ३ सय जनाको सहभागिता रहेको कार्यक्रम सफल बनाउन विदेशमा रहेका समाजका सदस्यहरु विमल कार्की (बिजुली) बाट २ हजार ५ सय रुपैयां, समाजका उपाध्यक्ष उषा खत्रीले स्वागत गरेकी थिइन् भने सचिव विकास टण्डनले कार्यक्रम संचालन गरेका थिए ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*