गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

गुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक कार्यमा छलाङ्ग मारेको छ। बुटवल पब्लिक स्कुल योगिकुटीमा शनिबार सम्पन्न समाजको छैठौं साधारण सभा तथा तीज मिलन कार्यक्रममा अध्यक्ष उषा खत्रीले प्रस्तुत गर्नुभएको प्रतिवेदनले यस्तो देखाएको हो।

“एकता भाइचाराको भावना गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको पवित्र चाहना” भन्ने उद्देश्यका साथ २०७५ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विधिवत रुपमा दर्ता भई सक्रिय रहँदै आएको यस समाजले थुप्रै सामाजिक कार्यहरु गर्दै आइरहेको अध्यक्ष खत्री प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

उहाँका अनुसार एक वर्षको अवधिमा समाजमा सहयोग पुर्याउने महानुभावहरुलाई सम्मान गरिएको, सामाजिक उत्तरदायित्वका रुपमा सिद्धार्थ महिला बाल गृहमा आश्रित व्यक्तिहरुलाई खाद्यान्न वितरण गरिएको, बुटवल रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरिएको, सम्पर्क समाजले एक घर एक क्यालेण्डरको योजना सुरु गरेको छ।

सम्पर्क समाजले गुल्मी चारपालमा गई विशेष गरी गुल्मी दरबार गाउँपालिका वडा नं.५, ६ र ७ मा रहेका चारपालावासीहरुलाई विशेषज्ञ डाक्टरहरुसहित निःशुल्क रुपमा उपचार र औषधी वितरण गरेको, दोश्रो रनिङ्ग शिल्ड हाजिरी जवाफ प्रतियोगिताका माध्यमद्वारा विद्यार्थीहरुको अन्तरनिहित क्षमता अभिवृद्धिका लागि सहयोग पुर्याएको, तनाव व्यवस्थापन तथा खुसियाली जीवनका रहस्यहरु कार्यक्रम मार्फत मानसिक तनाब रहित जीवन बिताउन पर्छ भन्ने उद्देश्यका साथ प्रक्षिणमूलक कार्यक्रम गरिएको अध्यक्ष खत्रीले जानकारी गराउनुभयो।

संस्थाको छैठौं स्थापना दिवसको अवसरमा जेष्ठ नागरिक मिलन केन्द्रमा आजिवन सदस्य सहयोग स्वरुप रु.२५ हजार सहयोग गरिएको लगायतका दजनौं सामाजिक सेवाका कार्यक्रमहरु गरिदैं आएको समेत उहाँले बताउनुभयो। सो अवसरमा कोषाध्यक्ष काजीमान टण्डनले आर्थिक वर्ष २०८१\०८२ को संस्थाको १५ लाख ३९ हजार ५ सय बराबरको आय–व्यय प्रस्तुत गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सम्पर्क समाजले रचनात्मक कार्यक्रमहरु गरेको देख्न र सुन्न पाउँदा खुसी लागेको बताउनुभयो। आफु जन्मिएर हुर्किएको ठाउँलाई सम्झेर समय–समयमा विभिन्न सामाजिक कार्यक्रम गरी सेवाभाव समेत देखाउँदै आएकोप्रति धन्यवाद ज्ञापन गर्नुभयो। आगामी दिनमा पनि आफ्नो जन्म ठाउँलाई सम्झिएर थुप्रै रचनात्मक काम गर्न आग्रह गर्दै त्यसमा गाउँपालिकाले पनि हातेमालो गर्दै जाने बताउनुभयो ।

गुल्मीदरबार गाउँपालिका–७ का वडाअध्यक्ष शालिकराम टण्डन, वडा नं.६ का वडाअध्यक्ष मुकेश थापाले पनि शुभकामना मन्तव्य राख्दै थप प्रगतिको कामना गर्नुभयो । साधारण सदस्य अमर बस्नेत, अजिवन सदस्य विष्णु कंडेल, सल्लाहकारको तर्फबाट हेमलाल शर्माले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश अर्थ सचिव डिलाराम पन्थी, तिलोत्तमा–३ का वडाअध्यक्ष कल्याण पौडेल, सुनौलो टोल विकास संस्थाका अध्यक्ष दुर्गा सिञ्जाली, उज्यालो टोल विकास संस्थाका अध्यक्ष शिव थापा, कार्यपालिका सदस्य ईश्वरी परियार, शारदा माध्यमकि विद्यालयका प्रधानाध्यापक जीवलाल पौडेल, मिरा कोषका महासचिव रामचन्द्र पौडेल, सल्लाहकार गोकर्ण सिंह थापा, गोविन्द अर्याल, लक्ष्मण अर्याल, कर्ण बहादुर टण्डन, हिराधर अर्याल, टिकाराम पन्थी, भिम्सेन कार्की, ढाल बहादुर कार्कीको आतिथ्यता रहेको थियो।

तिज मिलन कार्यक्रम संयोजक सुमित्रा टण्डनले स्वागत मन्तव्य तथा सौजन्या कार्की, र जोयना गुरुङ्गले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो। ८१ वर्षिय एकल महिला जोवान्ता ज्ञवालीलाई सम्मान गरिएको थियो। मिरा कोष सम्मान शैक्षिक योगदान बुटवल पब्लिक स्कुललाई सम्मान गरिएको थियो।

तिज गीतमा उत्कृष्ट नाँच प्रस्तुत गर्ने महिला दिदिबहिनीहरुमध्येबाट सरु श्रेष्ठ, विष्णु कार्कीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो। यस्तै कलाकार नारायण बीपी परियार, सकुन्तला गैरे, सिता लामिछाने, धनमाया राना, सिता रणपालले समेत आफ्नो सांगेतिक प्रस्तुति राख्नुभएको थियो। छैठौं साधारण सभाको संयोजक ढक बहादुर टण्डन रहनुभएको थियो। हाल यस समाजमा १२८ जना आजिवन सदस्य र ११२ जना साधरण सदस्य आबद्ध रहनु भएको छ। कार्यक्रमको सञ्चालन सचिव विकास टण्डनले गर्नुभएको थियो ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*