गुल्मी दरबारमा स्वास्थ्य संस्था घँषणा तथा परिवार नियोजनका साधन उपलब्धता सुनिस्चित कार्यक्रम सम्पन्न

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालिका गाउँ कार्यपालिकाको कार्यलय स्वास्थ्य साखा गौडाकोट गुल्मीको आयोजना र बिरबास स्वास्थ्य चौकी को ब्यनस्थापनमा , विश्व स्वास्थ्य दिवसको सु-अबसरमा परिवार नियोजनका पाच आधुनिक साधनहरुको उपलब्धता सुनिस्चित तथा स्वास्थ्य संस्था घोषणा कार्यक्रम सम्पन्न भएको छ । यहि चैत्र २४ गते विश्व स्वास्थ्य दिवसको अबसरमा  बिरबास स्वास्थ्य चौकीमा सन्चालन भएको कार्यक्रममा स्वास्थ्य चौकी ब्यबस्थापन समितीका अध्यक्ष तथा गुल्मी दरबार गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष खुम बहादुर पल्ली को अध्यक्षता त्यसै गरि प्रमुख अतिथि का. बा. अध्यक्ष मिना भन्डारी , बिशेष अतिथि गुल्मी दरबार गाउपालिका प्रसासकिय अधिकृत लक्ष्मण पान्डे , स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख पसुपती आचार्य , अतिथीहरु सुहारा का प्रतिनिधि लिल बहादुर नेपाली , राजनीतिक दलका प्रतिनिधि , जन प्रतिनिधि , स्वास्थ्य कर्मी , स्वास्थ्य स्वंयसेबिका लगायत बुद्दिजिबिको उपस्थितिमा कार्यक्रम सन्चालन भएको थियो । कार्यक्रम परिवार नियोजनका ५ साधन डिपो , इम्प्लान्ट , कपर टि , कन्डम , पिल्स , प्रयोगको बिषयमा केन्द्रीत रहेको स्वास्थ्य साखा प्रमुख नारायण प्रसाद अर्यालले बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मिना भन्डारिले स्मार्ट दम्पती भित्र पर्ने परिवार नियोजनका साधनले महिला तथा पुरुषसलाइ सरल तथा सहज तरिकाले स्वास्थ्य जीवन यापन गर्न सहज भएको भन्दै खुसी ब्यक्त गर्नुभएको थियो ।तेस्तै स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख पसुपती आचार्यले बिर्बास स्वास्थ्य चौकी एउटा नमुना बनेको र स्वास्थ्य संस्था घोषणा गरेकोमा धन्यवाद दिनुभयो , आचार्यले अब सबै वडका स्वास्थ्य चौकी इन्चार्जहरुलाइ चुनौती थपिएको र अब सबैले सिक्नुपर्ने बताउनुभएको छ ।

स्मार्ट दाम्पती अन्तर्गत परिवार नियोजनका साधन नियमित प्रयोग गर्नेलाइ प्रमाण पत्र सहित सम्मान गरिएको थियो भने स्वंयमसेबिकाहरुलाइ प्रमाण पत्र सहित सम्मान गरिएको थियो । गत बर्ष लुम्बिनी प्रदेशकै पहिलो पोषण मैत्री वडा बलिथुम स्वास्थ्य चौकीलाई घोषणा गरिएको थियो । बिरबास स्वास्थ्य चौकी प्रमुख इन्दु घमुले स्वागत मन्तव्य मार्फत सहभागिलाइ स्वागत गर्नुभएको थियो भने कार्यक्रम सन्चालन भुपेन्द्र कन्डेलले गर्नुभएको थियो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*