बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका चारपालाबाट हाल रुपन्देहीमा विभिन्न पेशा, व्यवसाय र कर्मथलो बनाई बसिरहेका चालपालाबासीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले आफ्नो आठौ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम संपन्न गरेको हो । रक्तदान कार्यक्रमका प्रमुख अतिथि सस्थापक अध्यक्ष हुमनाथ ज्ञवाली ले संस्थाले रक्तदान गरी पुण्य प्राप्तिको काम गरेको बताउनुभयो ।
रक्तदान गर्नुभनेको जीवनदान गर्नु सरह भएको भन्दै उहाँले गुल्मी चारपाला रुपन्देही संपर्क समाजलाई धन्यवाद दिनुभयो । समाजका अध्यक्ष हीराधर अर्याल को अध्यक्षता बिभिन्न संग सस्था का प्रतिनीतधि हरू को आतिथ्यता रहेको कार्यक्रममा संस्थाका सचिब एबम कार्यक्रम का संयोजक बिकास टण्डन को सञ्चालन र सम्पूर्ण सल्लाहकार, कार्यसमितिका पदाधिकारी,वाडका संयोजकहरु आजीवन सदस्यहरू, साधारण सदस्यहरु, रक्तदाता हरुको उपस्थिति रहेको थिया । रक्तदान कार्यक्रमबाट ४२ युनिट रगत संकलन गरिएको समाजका सचिब एबं कार्यक्रम संयोजक बिकास टण्डन ले जानकारी दिनुभयो । समाजले विभिन्न रचनात्मक कार्यहरु गरी स्थापना दिवस मनाउँदै आएको छ !
Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक …
Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज …
Be the first to comment