प्रेम सुनार गुल्मी,
फागुन ११। गुल्मीका एक जोडीले आफुहरुको विवाह खर्च कटौती गरि बिद्यालयलाई ५० हजार भन्दा बढिको अक्षय कोष स्थापना गरेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–१ साराङ्ग निवासी नवराज खरेल र गुल्मीकै रुरुक्षेत्र गाउँपालिका बेलेटक्सार बिधा खड्काले आफ्नो विवाहको खर्च कटौती गरि साराङ्ग कै शारदा माध्यामिक विद्यालयमा ५० हजार १०१ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । शुक्रबार खरेलले शारदा माविका प्रधानध्यापक रामप्रसाद अर्याललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । खरेल त्यस विद्यालयमा पुर्व विद्यार्थी हुन् । आइ टि एफ तेक्वान्दो अन्तर्राष्ट्रिय प्रशिक्षक र अन्तर्राष्ट्रिय खेलाडी तथा खेल शिक्षक रहेका खरेलले त्यस विद्यालयको खेलकुद र स्काउटको विकासका लागि आफुहरुको विवाह खर्च कर्टौती गरि अक्षयकोषको स्थापना गरिएको बताए । । २०६४ देखि खेलकुद क्षेत्रमा क्रिशाशिल खरेल अहिले लुम्बिनी प्रदेश आइ टि एफ तेक्वान्दोका सचिव र डोरितान खेल लुम्बिनी प्रदेशका अध्यक्ष समेत हुन । पछिल्लो समय तेक्वान्दो बिश्व प्रतियोगिता दक्षिण पुर्बी युरोपको बुलगेरियामा सम्पन्न भएको खेलमा नेपालको तर्फबाट उनि सहभागी भएका थिए उनकी बेहुली बिधा खड्का रुरुक्षेत्र गाउँपालिकाकी स्काउट बिपत ब्यवस्थापन आकस्मिक उदारकर्ता हुन । त्यो जोडीले विवाहमा उपहार स्वरुप शारदा माध्यामिक विद्यालका शिक्षक विद्यार्थीहरुलाई १५ सय थान सर्जिकल मास्क समेत हस्तान्तरण गरेका थिए । विवाह भोजमा सिमित निम्तालु र सादा खाना थियो ।
Be the first to comment