रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते इस्लामीक नया बर्षको सुभ अबसर तथा करबलाका शहिदहरुको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष नरेन्द्र बस्नेत ,बिशिस्ट अतिथि नेपाल नियमित रक्तदाता संघ केन्द्रीय अध्यक्ष दया सिल्वाल रहनुभएको थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष हाजी मोहम्मद इस्माइलले यस्तै विभिन्न कार्यक्रम समाजका लागि आवश्यकता रहेको र संस्थाले आगमी दिनमा थप कार्यक्रम गरिने बताउनु भएको छ ,त्यसै गरि हाजी मोहम्मद इस्माइलले रक्तदाताहरुलाइ धन्यवाद समेत दिनु भएको थियो ।
संस्थाका सल्लाहकार जलिल मियाले रक्दान गर्नुहुने सबैलाई धन्यवाद दिदै आगामी दिनमा संस्थाले आयोजना गरेका हरेक कार्यक्रममा सबैको साथ रहने अपेक्षा राख्नुभएको थियो । उपसचिव हसर दिन मिया , उपाध्यक्ष हाजी अकबर खान, निबर्तमान अध्यक्ष हाजी रहमत खान, मदिना मस्जिद समितिका अध्यक्ष हाजी सकुर मिया लगायतले आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रममा ५५ युनिट रत्त संकलन भएको छ । कार्यक्रम रुपन्देही रेडक्रस जिल्ला शाखाको समन्वय र संस्थाका सचिब जे डि वार्सीको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य बरिस्ठ उपाध्यक्ष सहमद मियाले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन संस्थाका महासचिव गफुर मियाले गर्नुभएको थियो ।