पोषण कार्यक्रमको पालिका स्तरीय समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न

Spread the love

 रामकृष्ण कडेल, जेठ १९ ,गुल्मी ।

गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखाले पोषण कार्यक्रमको पालिका स्तरीय समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमका अध्यक्ष एवम् गाउँपालिका नवनिर्वाचित अध्यक्ष सरोजकुमार थापाले गुल्मीदरबार गाउँपालिकाको पोषण स्थितिको सुचकहरु अत्यन्तै राम्रो रहेकोमा खुसी व्यक्त गर्दै गाउँपालिकालाई पोषण मैत्री पालिका बनाउन आफुहरु लाग्ने बताउनु भएको थियो । अध्यक्ष थापाले कार्यपालिकाको पहिलो बैठकबाट गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुबाट रिफर भएका प्रसुती हुने महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको भन्दै स्वास्थ्य चौकीका लागि न्यूनतम सेवा मापदण्डमा कुनै कमी आउन नदिने भन्दै सेवालाई थप गुणस्तरीय बनाउन गाउँपालिका उच्च प्राथमिकताका साथ लाग्ने र यसका लागि सकेसम्म रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिन सम्पुर्ण स्वास्थ्यकर्मीहरु लाई लाग्न आग्रह गर्नुभएको थियो ।

उपाध्यक्ष तारा थापा ढेगाले गुल्मीदरबार गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन सबै मिलेर लाग्नुपर्ने र स्वास्थ्य क्षेत्रमा पालिकाले गरेका कार्यहरूको प्रशंसा गर्नुभएको थियो । गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गुल्मीदरबार गाउँपालिकाको सुखी र समृद्ध गाउँपालिका बनाउने उद्देश्य अनुसार स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्न सफल भएको र आगामी दिनहरूमा पनि यसलाई अझै बढी प्रभावकारी बनाईने बताउनु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले कार्यक्रको उद्देश्यमाथि प्रकाश पार्दै गुल्मीदरबार गाउँपालिकाको पोषण स्थिती तथा समग्र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरु , न्यूनतम सेवा मापदण्ड सेवाको महत्व र सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने गृह कार्यका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । साथै अर्यालले स्वास्थ्य चौकीको गुणस्तर सुधार तथा ब्यवस्थापन सुदृढीकरण समिती ,पोषण तथा खाद्य सुरक्षा निर्देशक समिती गठन प्रक्रिया बारे बताउदै गाउँपालिकामा अध्यक्ष सरोज कुमार थापाको अध्यक्षतामा समितिहरु गठन हुने र प्रत्येक वडामा पनि क्रमशः गठन गरिने कार्यक्रम रहेको बताउनु भएको थियो ।

स्वास्थ्य शाखाकी स्टाफ नर्स एलिना खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रममा सम्पुर्ण वडाहरुको तर्फबाट वडा नम्बर १ का वडाध्यक्ष राजेन्द्र कडेल र वडा नम्बर २ का वडाध्यक्ष बिष्णु गौतम , सम्पुर्ण सहभगिहरुको तर्फबाट अमर अर्बाथोक स्वास्थ्य चौकी प्रमुख मदन कुमार श्रेस्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*