नौमति पन्चेबाजा सहित स्तनपायी आमालाइ सम्मान गर्दै स्तनपान सप्ताह शुभारम्

Spread the love

  राम कृष्ण कंडेल , श्रावण १८ गुल्मी

गुल्मीदरबार गाउँपालिकाले विश्व स्तनपान सप्ताहको सुभारम्भ एक भब्य समारोहका बिच गौडाकोट स्वास्थ्य चौकी बाट गरेको छ । “स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता” भन्ने नाराकासाथ विहिबार नौमति पन्चेबाजा सहित स्तनपायी आमालाइ सम्मान गर्दै स्तनपान सप्ताह आरम्भ गरिएको हो। कार्यक्रममा देविस्थान स्वास्थ आमा समूह द्वारा नौ मति पन्चेवजा चेतनामुलक गित नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले स्वस्थ नागरिक स्वस्थ र समुन्नत समाज निर्माणको लागि गर्भावस्थामा आमाको पोषण त्यस पछि क्रमस आमा बच्चा दुबैको पोषण महत्पूर्ण हुने बताउदै, छ महिना सम्म बच्चाको सम्पूर्ण षोषण आमाको दुध बाट मात्र सम्भब भएकोले स्तनपान सप्ताह अभियान भएपनि पूर्ण स्तनपान सधै आवस्यक र महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रमका बिशेष अतिथी उपाध्यक्ष तारा थापा ढेगा र सामाजिक विकास समिति संयोजक मुकेश थापाले स्तनपान सप्ताह अभियानले सचेतना बृद्धि गर्ने बताउनु भयो । सुखी र समृद्ध गाउँपालिका बनाउन यो अभियान महत्वपूर्ण रहेको बताउनु भयो । स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले कार्यक्रमको सहजीकरण गर्दै बच्चालाई छ महिना सम्म आमाको दुध मात्र खुवाउनु पर्ने र दुई बर्षसम्म स्तनपान संगै थप आहार खुवउनु पर्ने बताउनु भयो ।गौडाकोट स्वास्थ्य चौकीबाट शुरु भएको स्तनपान सप्ताह प्रत्येक स्वास्थ्य संस्था तथा स्वास्थ्य आमा समुहको बैठकमा समेत मनाईने अर्यालले बताउनु भयो । गाउँपालिको पहिले कस्तो छ आमा कार्यक्रम र अहिले मेरी आमा स्वस्थ आमा कार्यक्रमले गुल्मीदरबार गाउँपालिकामा पूर्ण स्तनपानमा महत्वपुर्ण भुमिका रहेको पनि बताउनु भयो ।

कार्यक्रमका वडा नं. ३ का अध्यक्ष राम बहादुर थापाले महिला दिदी बहिनीहरुले संचालन गर्ने स्वास्थ्य आमा समुहको बैठकमा सहभागिता जनाई स्वास्थ्य र पोषण लगायतका बिषयको बारेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको उच्च योगदान रहेको बताउनु भयो । कार्यक्रममा सम्पुर्ण स्वास्थ्य संस्थाको तर्फ बाट बलिथुम स्वास्थ्य चौकी प्रमुख डिल बहादुर थापा, गुल्मीदरबार गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकी अध्यक्ष लिला थापाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

स्वास्थ्य चौकी प्रमुख रोशन परियारले स्वागत गर्नु भएको थियो भने सिअहेब रोशन जि.सि.ले कार्यक्रम संचालन गर्नु भएको थियो । गुल्मी दरबार गाउँपालिकामा, कस्तो छ आमा र मेरी आमा स्वस्थ आमा कार्यक्रम सुरु भएपछि, पूर्ण स्तनपान ९५ प्रतिशत भन्दा माथी पुगेको र यो अन्यत्र भन्दा अधिक भएको बताइएको छ ।कार्यक्रममा भर्खरै गुल्मीदरबार गाउँपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेलाई स्वागत तथा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीलाई फेरि भेटौला कार्यक्रम र सुनौला हजार दिनका आमा सम्मान गरिएको थियो । विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष मनाइने एक उत्सव हो । यो उत्सव १२० भन्दा बढी देशमा अगस्ट १ देखि ७ सम्म प्रत्येक वर्ष आयोजना गरिन्छ ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*