काठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो प्रथम वार्षिकोत्सव भव्य शैलीमा मनाउँदैछ। लाजिम्पाटस्थित क्लबले भदौ १८ गतेदेखि २२ गतेसम्म पाँच दिने विशेष कार्यक्रम गरी वार्षिकोत्सवलाई उत्सवमय बनाउने तयारी गरिरहेको छ । ‘नेपालकै पहिलो विलासी दोहोरी रेष्टुरेन्टका रूपमा परिचित यस क्लबले एक वर्षमा सांगीतिक कार्यक्रम, स्वादिष्ट भोजन, प्रिमियम बार र उच्चस्तरीय सेवाबाट पाहुनाको मन जित्दै आएको छ’, प्रबन्ध निर्देशक सुनिल छेवाङ लामाले भने, ‘क्लबले पहिलो वर्षको उपलब्धिलाई “नेपाली कला, संस्कृति र आधुनिक आतिथ्यको विलासी संगम” का रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।’ वार्षिकोत्सवको उद्घाटन नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति, बागमती प्रदेश सांसद एवं पूर्वमन्त्री तीर्थ लामाबाट हुने संचालक समितिले जनाएको छ । पाँच दिने विशेष कार्यक्रम वार्षिकोत्सव अवधिभरमा दोहोरी तथा लोक–संगीतका लाइभ प्रस्तुति, सांस्कृतिक नृत्य, हास्य–व्यंग्य, लक्की ड्र, पुरस्कार वितरण तथा लेट–नाइट डीजे सेसन समेत रहनेछन्। क्लबले साँझ ७:०० बजेबाट विविध साङ्गीतिक प्रस्तुतिमा वार्षिकोत्सव मनाउनेछ । वार्षिकोत्सवको प्रत्येक दिन चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन्। पहिलो दिन चर्चित लोकदोहोरि गायक राजु परियारको साथमा मनोरन्जन लिन सकिन्छ । त्यस्तो दोस्रो दिन सोही समयमा चर्चित गायिका ज्योति मगर, तेस्रो दिन लोकगायक पशुपति शर्माको साथमा मनोरन्जनमय बन्नेछ । यस्तै तेस्रो दिन अर्थात भदौ २१ गते भने विशेष शोमार्फत तामाङ सेलो प्रस्तुति रहनेछ । तामाङ सेलोमा चर्चित गायक रोज मोक्तान, फुलकुमार बमजन र कोशिश थोकरको साथमा दर्शकले मनोरन्जन लिन सकिन्छ । यसैगरी वार्षिकोत्सवको अन्तिम दिन मोडल तथा डान्सर सुनिल क्षेत्री, करिश्मा शाही र सञ्चिता बोलाखे प्रस्तुति हुनेछ । संस्कृतिको संरक्षण र विलासिताको अनुभव क्लब केवल रेष्टुरेन्ट मात्र नभई सांस्कृतिक केन्द्रका रूपमा चिनिन्छ। क्लबले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै आधुनिक आतिथ्यसँग संयोजन गरेर आगन्तुकलाई अद्वितीय अनुभव प्रदान गर्दै आएको छ। प्रबन्ध निर्देशक लामाका अनुसार, ‘रोयल नेपाल रोधी क्लबले संगीत, संस्कृति र आतिथ्यताको जीवन्त केन्द्रका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली रोधी संस्कृतिलाई चिनाउने लक्ष्य राखेको छ।’ उनले भने, “हाम्रो उद्देश्य नेपालको मौलिक रोधी संस्कृतिलाई विश्वस्तरमा प्रतिष्ठित सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्नु हो। यो वार्षिकोत्सव हामीले गत एक वर्षमा हासिल गरेका उपलब्धिहरूको उत्सव मात्र होइन, नेपाली सांस्कृतिक सम्पदालाई अगाडि बढाउने हाम्रो प्रतिबद्धताको पनि प्रतिक हो।” ग्राहकप्रतिको सम्मान वार्षिकोत्सवको अवसरमा क्लबले विशेष आकर्षण स्वरूप सम्पूर्ण ग्राहकलाई फ्ल्याट २० प्रतिशत छुट दिने घोषणा गरेको छ। यससँगै, क्लबले आगामी दिनमा अझ गुणस्तरीय सेवा, स्वादिष्ट र स्वास्थ्यप्रद भोजन, प्रीमियम पेय पदार्थ र आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुति मार्फत आतिथ्य अनुभवलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। क्लबले भविष्यमा पनि गुणस्तरीय सेवा, स्वादिष्ट र स्वास्थ्यप्रद भोजन, प्रिमियम पेय पदार्थ र आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरूमार्फत आगन्तुकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । क्लबले आफ्नो प्रथम वार्षिकोत्सवलाई नेपाली सांगीतिक परम्पराको जीवित उत्सवका रूपमा मनाउँदै पाहुनालाई निमन्त्रणा गरेको छ।
नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …
गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv
Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक …
फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv
Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ …
रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न
Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज …
गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने
Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक …

Be the first to comment