देशलाई सुरुङ युगमा प्रवेश गराउने काम एमालेकै पालामा गर्यौ : ज्ञवाली

आकाश सुबेदी गुल्मी, १३ कात्तिक ।

गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका प्रदिप ज्ञवालीले देशलाई सुरुङयुगमा प्रवेश गराउने काम नेकपा एमालेकै सरकारको पालामा सुरु भएको बताउनु भएको छ । उहाँले काठमाण्डौंको नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउँदै बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताउनु भयो । गुल्मी १ का विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका उपमहासचिव समेत रहनु भएका पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले देश अहिले सुरुङ युगमा प्रवेश गरेको छ, यसको आधार एमालेकै सरकारले तयार गरेको हो भन्नुभयो । उहाँले नेकपा एमालेकै सरकारको पालामा देश विभिन्न खाले द्वन्द्वबाट मुक्त भएको दावी गर्नुभयो ।

ज्ञवालीले भन्नुभयो– देशलाई एमालेकै सरकारको पालामा द्वन्दबाट मुक्त बनायौं, देशमा गणतन्त्र आएपछि पनि द्वन्द्व बाँँकी थियो, तराईमा द्वन्द्व चर्काएका सिके राउत चन्द्र सूर्य झण्डा समाएर शान्तिको बाटोमा ल्याउन सफल भयौंं । उहाँले भन्नुभयो– मधेशबादी दलहरुले संविधान जलाइरहेका थिए, सिके राउतले मधेशमा द्वन्द्व चर्काउँदै थिए, विप्लव शान्ति प्रकृया बाहिरै थिए तर जब नेकपाको सरकार बन्यो विगतका सवै द्वन्द्व समाधान भए । उहाँले मुलुकलाई द्वन्द्वबा मुक्त बनाउन एमाले नेतृत्वको सरकारले सफलता पाएको दावी समेत गर्नुभयो । पूर्व परराष्ट्र मन्त्री समेत रहनु भएका ज्ञवालीले नेकपा एमालेको राष्ट्रियताको अडानकै कारण देशले नयाँ नक्सा पाएको बताउनु भयो । उहाँले कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर नयाँ नक्सा बनाएको बताउँदै देश साना तिना धक्काले देश झुक्दैन भन्ने प्रमाणि गरेका छौं भन्नुभयो । उहाँले भन्नुभयो–एमालेको नेतृत्वमा देशको भूभागमाथि आफ्नो बैधानिक दावीमात्र प्रस्तुत गरेनौं औपचारिक रुपमा बार्ताको थालनी समेत ग¥यौं । एमालेको राष्ट्रियताको अडानकै कारण देश अहिले विश्वका कुनैपनि मुलुकसंग झुक्न नपरेको बताउँदै अहिले दलहरुवीच प्रतिष्पर्धा छ तर द्वन्द्व छैन, तीनै तहलाई सरकारलाई अधिकार सम्पन्न बनायौं, सविधान कार्यान्वयन गर्यौं।

जनताको मायाकै कारण देशमा नेकपाको नेतृत्वमा तीन बर्ष सरकार चलेको बताउँदै त्यस अवधीमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले नेकपाको नेतृत्वको तीन बर्षको सरकार इतिहासकै सफल सरकारको रुपमा रहेको बताउनु भयो । ‘अव उपरान्त नेपालमा कहिल्यै नाकाबन्दी हुँदैन, त्यसको आधार नेकपाकै सरकारले तयार गरेको हो’ ज्ञवालीले भन्नुभयो । ज्ञवालीले अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गरिरहनु भएको छ ।

समाचार

नेपालमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गुल्मीदरबार गाउँपालिकाका घोषणा

राम कृष्ण कंडेल जेठ ७ गुल्मी । नेपालमा पहिलो पटक २०८० साल जेष्ठ ६ गते गुल्मीको गुल्मीदरबार गाउँपालिकाका पूर्ण पोषणमैत्री

समाचार

गुल्मीदरबार गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका पूर्ण खाेप सुनिश्चित भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेण बहादुर खत्रीले बुधबार

समाचार

गुल्मी दरबार वडा नं. ६ ले गरायाे जेष्ठ नागरिकहरूलाई धार्मिक भ्रमण

रामकृष्ण कंडेल,चैत्र २६ गुल्मी। गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ६ ले वडाका जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको छ । वडाले

समाचार

गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको नया वर्ष २०८० सालको भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

रूपन्देही गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको नया वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम संस्था का

समाचार

स्थापना दिवसको अवसरमा रक्तदान तथा दैनिकी उपभोग्य सामाग्री सहयोग

बुटवल । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा सहयाेग हस्तान्तरण गरेकाे छ । संघठनले मानवसेवा आश्रम तिलाेक्तमा दैनिकी उपभाेग्य

समाचार

चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न (फोटा फिचर)

फागुन १३ बुटवल । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष उषा खत्रीको अध्यक्षता

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*