देशलाई सुरुङ युगमा प्रवेश गराउने काम एमालेकै पालामा गर्यौ : ज्ञवाली

Spread the love

आकाश सुबेदी गुल्मी, १३ कात्तिक ।

गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका प्रदिप ज्ञवालीले देशलाई सुरुङयुगमा प्रवेश गराउने काम नेकपा एमालेकै सरकारको पालामा सुरु भएको बताउनु भएको छ । उहाँले काठमाण्डौंको नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउँदै बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताउनु भयो । गुल्मी १ का विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका उपमहासचिव समेत रहनु भएका पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले देश अहिले सुरुङ युगमा प्रवेश गरेको छ, यसको आधार एमालेकै सरकारले तयार गरेको हो भन्नुभयो । उहाँले नेकपा एमालेकै सरकारको पालामा देश विभिन्न खाले द्वन्द्वबाट मुक्त भएको दावी गर्नुभयो ।

ज्ञवालीले भन्नुभयो– देशलाई एमालेकै सरकारको पालामा द्वन्दबाट मुक्त बनायौं, देशमा गणतन्त्र आएपछि पनि द्वन्द्व बाँँकी थियो, तराईमा द्वन्द्व चर्काएका सिके राउत चन्द्र सूर्य झण्डा समाएर शान्तिको बाटोमा ल्याउन सफल भयौंं । उहाँले भन्नुभयो– मधेशबादी दलहरुले संविधान जलाइरहेका थिए, सिके राउतले मधेशमा द्वन्द्व चर्काउँदै थिए, विप्लव शान्ति प्रकृया बाहिरै थिए तर जब नेकपाको सरकार बन्यो विगतका सवै द्वन्द्व समाधान भए । उहाँले मुलुकलाई द्वन्द्वबा मुक्त बनाउन एमाले नेतृत्वको सरकारले सफलता पाएको दावी समेत गर्नुभयो । पूर्व परराष्ट्र मन्त्री समेत रहनु भएका ज्ञवालीले नेकपा एमालेको राष्ट्रियताको अडानकै कारण देशले नयाँ नक्सा पाएको बताउनु भयो । उहाँले कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर नयाँ नक्सा बनाएको बताउँदै देश साना तिना धक्काले देश झुक्दैन भन्ने प्रमाणि गरेका छौं भन्नुभयो । उहाँले भन्नुभयो–एमालेको नेतृत्वमा देशको भूभागमाथि आफ्नो बैधानिक दावीमात्र प्रस्तुत गरेनौं औपचारिक रुपमा बार्ताको थालनी समेत ग¥यौं । एमालेको राष्ट्रियताको अडानकै कारण देश अहिले विश्वका कुनैपनि मुलुकसंग झुक्न नपरेको बताउँदै अहिले दलहरुवीच प्रतिष्पर्धा छ तर द्वन्द्व छैन, तीनै तहलाई सरकारलाई अधिकार सम्पन्न बनायौं, सविधान कार्यान्वयन गर्यौं।

जनताको मायाकै कारण देशमा नेकपाको नेतृत्वमा तीन बर्ष सरकार चलेको बताउँदै त्यस अवधीमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले नेकपाको नेतृत्वको तीन बर्षको सरकार इतिहासकै सफल सरकारको रुपमा रहेको बताउनु भयो । ‘अव उपरान्त नेपालमा कहिल्यै नाकाबन्दी हुँदैन, त्यसको आधार नेकपाकै सरकारले तयार गरेको हो’ ज्ञवालीले भन्नुभयो । ज्ञवालीले अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गरिरहनु भएको छ ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*