गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको अध्यक्षमा उषा खत्री चयन

Spread the love

बुटवल, माघ १४ ।

गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको अध्यक्षमा उषा खत्री चयन हुनुभएको छ । समाजको बुटवलमा भएको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले खत्रीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा ढक बहादुर टण्डन,सचिवमा विकास टण्डन,सह सचिवमा सबिना टण्डन,कोषाध्यक्षमा काज़ीमान टण्डन चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सुदीप ज्ञवाली ,गंगा ज्ञवाली,केशब भुसाल, हरि कुमार श्रेष्ठ,कुल बहादुर महत,नर प्रसाद श्रेष्ठ,रमेश कार्की,कुल प्रसाद भुसाल रहनुभएको छ ।

त्यसअघि भएको साधारणसभा लुम्बिनी प्रदेश सांसद धनेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा भएको हो ।सो अवसरमा बाेल्दै प्रदेश सांसद धनेन्द्र कार्कीले सहकार्य र एकताले मात्रै सामाजिक काममा अघि बढ्न सकिने बताउनुभयो । उहाँले समाजले राम्राे काम गरिरहेको भन्दै आफ्नाे तर्फबाट सधैँ सकारात्मक सहयोग रहने बताउनुभयो ।

गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा, सल्लाहाकार हेमलाल शर्मा भुसाल, सल्लाहकार अधिबक्ता गोकर्ण सिंह थापा, हुमनाथ ज्ञवाली,कोषाध्यक्ष काज़ीमान टण्डन लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा एकल महिला सम्मान कोपिला महत् ,वृद्ध व्यक्ति सम्मान मुमाकला रायमाँझी ,नृत्य कृषा रायमाँझी, मुटुमा प्वाल परि उपचाररत सहयोग रकम निर्मला बुचालाई १० हजार १ सय ,त्यस्तै रूपा दर्लामीको किडनी ख़राब भएकोले समाजको तर्फ़बाट १० हजार १सय, निर्मला टण्डनको तर्फ़बाट नगद ५ हजार सहयोग गरिएको थियो ।

निर्वाचन मण्डलमा संयोजकमा अधिवक्ता गोकर्ण सिंह थापा ,हेमलाल शर्मा भुषाल ,लक्ष्मण अर्याल रहनु भएको थियो । सल्लाहकार सबित्रा टण्डन, हीराधर अर्याल, टीकाराम पन्थी, कर्ण बहादुर टण्डन, ईमान सिंह के सी, शंकर ज्ञवाली बल बहादुर टण्डनको समेत सहभागिता रहेको थियो ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*