गुल्मीमै पहिलो पटक गुल्मी दरबारमा ग्रामिण अल्ट्रासाउन्ड सेवाको शुभारम्भ

Spread the love

महिला प्रजनन स्वास्थ्य शिबिरको साथमा गर्भवतिहरुलाइ लक्षित गरि ग्रामिण अल्ट्रासाउन्ड सेवा गुल्मी दरबार गाउपालिकाको वडा न १ बोटेगाउबाट शुभारम्भ भएको छ ! आज सम्पन्न शिबिरमा ९१ जना महिलाहरुलाइ स्वास्थ्य परिक्षण तथा उपचार गरिएको छ । उक्त शिबिरमा ६४ जनालाइ पाठेघरको मुखको क्यान्सरको जाँच(VIA Test), ७ जनालाइ परिवार नियोजनको लामो गर्भान्तर सेवा, १० जना गर्भवतिहरुलाइ अल्ट्रासाउन्ड (Video X ray )सेवा र १०जना आमाहरुलाई पाठेघर खस्ने समस्या को निदान्न्र उपचार गरिएको छ । आजको शिबिरमा गुल्मी अस्पतालका तालिम प्राप्त नर्सहरु कमला श्रीष र आशा बुढाथोकी, गुल्मीदरबार गाउपालिका स्वास्थ्य शाखा कि स्टाफ नर्स एलिना खड्का,बलिथुम स्वास्थ्य चौकिकी स्टाफ नर्स गोमा कार्कि,अ न मि मिना गाहा र प्रतीक्षा माझकोटी,बिरबास स्वास्थ्य चौकिकी सि अ न मि लक्ष्मी परियार, दरबार देबिस्थान स्वास्थ्य चौकिकी अ न मि सुमन पन्थी, जुभुङ्ग स्वास्थ्य चौकीकि हे अ बिमला ढेगा,अ न मि पार्वती रास्कोटी र बोटेमाझी कुमालगाउ सामुदायिक स्वास्थ्य इकाइ का अ हे व कपिल भण्डारी सहितको स्वास्थ्य कर्मिहरुको टिम र ३ जना महिला स्वास्थ्य स्वयमसेबिकाहरु परिचालन गरिएको थियो ।

एक समारोहका बिच गुल्मिदरबार गाउपालिकाका उपाध्यक्ष श्री तारा थापाद्वारा उक्त सेवाको शुभारम्भ गर्नुभएको हो | उदघाटन मन्तब्य राख्दै उपाध्यक्ष थापाले स्वास्थ्य क्षेत्रका लागि गाउपालिकाले उच्च प्राथमिकताका साथ कार्यक्रम ल्याउने बताउनुभयो । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय गुल्मिका प्रमुख पशुपती आचार्यले स्वास्थ्य क्षेत्रमा गुल्मिदरबार गाउपालिकाले नबिनतम कार्यक्रमहरु सञ्चालन गरि देशमै उदाहरणिय बनेको जनाउनुभयो | गुल्मिदरबार गाउपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गुल्मिदरबार गाउपालिकामा यो सेवा सन्चालनको लागि पहल गरिदिनुहुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा,प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय गुल्मि प्रती आभार प्रकट गर्नुभएको थियो । यो सेवा शुरु हुनुपुर्ब गुल्मीदरबारका गर्भवती महिलाहरु यो सेवा लिनका लागि सदरमुकाम तम्घास तथा पाल्पा सम्मा जानुपर्ने बध्यता रहेको थियो ।

उदघाटन कार्यक्रममा ,जनप्रतिनिधी,स्वास्थ्यकर्मी, , महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिका, सेवाग्राही लगायतको उपस्थिती रहेको सो कार्यक्रममा मजुवा प्रहरी चौकिका प्रहरिहरुको समेत उपस्थिती रहेको थियो | गुल्मी दरबार गाउपालिकाका वडा न १ का अध्यक्ष श्री राजेन्द्र प्रसाद कण्डेलको अध्यक्षता,गाउपालिका उपाध्यक्ष तारा थापाको प्रमुख आतिथ्यता,स्वास्थ्य कार्यालय गुल्मिका प्रमुख पशुपती आचार्य विशिष्ट अतिथी रहेको उक्त कार्यक्रममा स्वागत् मन्तब्य बलिथुम स्वास्थ्य चौकिका प्रमुख दिल बहादुर थापाको स्वागत मन्तब्य रहेको सो कार्यक्रमको सहजिकरण गुल्मिदरबार गाउपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्नुभएको थियो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*