गुल्मीमै पहिलो पटक गुल्मी दरबारमा ग्रामिण अल्ट्रासाउन्ड सेवाको शुभारम्भ

Spread the love

महिला प्रजनन स्वास्थ्य शिबिरको साथमा गर्भवतिहरुलाइ लक्षित गरि ग्रामिण अल्ट्रासाउन्ड सेवा गुल्मी दरबार गाउपालिकाको वडा न १ बोटेगाउबाट शुभारम्भ भएको छ ! आज सम्पन्न शिबिरमा ९१ जना महिलाहरुलाइ स्वास्थ्य परिक्षण तथा उपचार गरिएको छ । उक्त शिबिरमा ६४ जनालाइ पाठेघरको मुखको क्यान्सरको जाँच(VIA Test), ७ जनालाइ परिवार नियोजनको लामो गर्भान्तर सेवा, १० जना गर्भवतिहरुलाइ अल्ट्रासाउन्ड (Video X ray )सेवा र १०जना आमाहरुलाई पाठेघर खस्ने समस्या को निदान्न्र उपचार गरिएको छ । आजको शिबिरमा गुल्मी अस्पतालका तालिम प्राप्त नर्सहरु कमला श्रीष र आशा बुढाथोकी, गुल्मीदरबार गाउपालिका स्वास्थ्य शाखा कि स्टाफ नर्स एलिना खड्का,बलिथुम स्वास्थ्य चौकिकी स्टाफ नर्स गोमा कार्कि,अ न मि मिना गाहा र प्रतीक्षा माझकोटी,बिरबास स्वास्थ्य चौकिकी सि अ न मि लक्ष्मी परियार, दरबार देबिस्थान स्वास्थ्य चौकिकी अ न मि सुमन पन्थी, जुभुङ्ग स्वास्थ्य चौकीकि हे अ बिमला ढेगा,अ न मि पार्वती रास्कोटी र बोटेमाझी कुमालगाउ सामुदायिक स्वास्थ्य इकाइ का अ हे व कपिल भण्डारी सहितको स्वास्थ्य कर्मिहरुको टिम र ३ जना महिला स्वास्थ्य स्वयमसेबिकाहरु परिचालन गरिएको थियो ।

एक समारोहका बिच गुल्मिदरबार गाउपालिकाका उपाध्यक्ष श्री तारा थापाद्वारा उक्त सेवाको शुभारम्भ गर्नुभएको हो | उदघाटन मन्तब्य राख्दै उपाध्यक्ष थापाले स्वास्थ्य क्षेत्रका लागि गाउपालिकाले उच्च प्राथमिकताका साथ कार्यक्रम ल्याउने बताउनुभयो । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय गुल्मिका प्रमुख पशुपती आचार्यले स्वास्थ्य क्षेत्रमा गुल्मिदरबार गाउपालिकाले नबिनतम कार्यक्रमहरु सञ्चालन गरि देशमै उदाहरणिय बनेको जनाउनुभयो | गुल्मिदरबार गाउपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गुल्मिदरबार गाउपालिकामा यो सेवा सन्चालनको लागि पहल गरिदिनुहुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा,प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय गुल्मि प्रती आभार प्रकट गर्नुभएको थियो । यो सेवा शुरु हुनुपुर्ब गुल्मीदरबारका गर्भवती महिलाहरु यो सेवा लिनका लागि सदरमुकाम तम्घास तथा पाल्पा सम्मा जानुपर्ने बध्यता रहेको थियो ।

उदघाटन कार्यक्रममा ,जनप्रतिनिधी,स्वास्थ्यकर्मी, , महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिका, सेवाग्राही लगायतको उपस्थिती रहेको सो कार्यक्रममा मजुवा प्रहरी चौकिका प्रहरिहरुको समेत उपस्थिती रहेको थियो | गुल्मी दरबार गाउपालिकाका वडा न १ का अध्यक्ष श्री राजेन्द्र प्रसाद कण्डेलको अध्यक्षता,गाउपालिका उपाध्यक्ष तारा थापाको प्रमुख आतिथ्यता,स्वास्थ्य कार्यालय गुल्मिका प्रमुख पशुपती आचार्य विशिष्ट अतिथी रहेको उक्त कार्यक्रममा स्वागत् मन्तब्य बलिथुम स्वास्थ्य चौकिका प्रमुख दिल बहादुर थापाको स्वागत मन्तब्य रहेको सो कार्यक्रमको सहजिकरण गुल्मिदरबार गाउपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्नुभएको थियो ।

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*